राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्ह ४ स्थानमा बिजयी, ४ स्थानमा अग्रता, कसको अवस्था कस्तो ?

७ मंसिर २०७९, बुधबार १६:१३

काठमाडौं । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना जारी छ । निर्वाचन आयोगको रिपोर्टअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी घण्टी चिन्हले हालसम्म ४ वटा स्थानमा बिजयी हासिल गरिसकेको छ भने ४ वटा स्थाानमा अग्रता जमाएको छ ।

बागमति प्रदेशको चितवन र काठमाडौं जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीको हाबी छ । अन्य दलहरुलाई चूनौती दिदै रास्वपाले ठूलो मनान्तरले अग्रता जमाएको छ ।

हालसम्म काठमाडौं ६ बाट रास्वपाका उम्मेदवार शिशिर खनालले १४ हजार २०४ मत प्राप्त गरेर बिजयी हासिल गरेको छ । उनले नेकपा एमोलका उम्मेदवार सर्वेन्द्र खनाललाई ५२९३ मतान्तरले हराएका हुन् । खनालले ८ हजार ९११ मत प्राप्त गरेका थिए ।

त्यस्तै, काठमाडौं ७ बाट रास्वपाका उम्मेदवार गणेश पराजुलीले ८ हजार ७३४ मत प्राप्त गरेर बिजयी हासिल गरेको छ । उनले नेकपा एमालेका उम्मेदवार श्याम कुमार घिमिरेलाई १९४३ मतले पछि पारेका हुन् ।

त्यस्तै, काठमाडौं ८ बाट बिजार भक्त श्रेष्ठले पनि घण्टी चिन्हबाट कुल १० हजार १०५ मत प्राप्त गरेर बिजयी हासिल गरेको छ । उनले हाम्रो नेपाली पार्टीका उम्मेदवार सुमन सायमीलाई ३९३१ मतले पछि पारेका हुन् । साथै काठमाडौं क्षेत्र नं. २ बाट रास्वपाकै उम्मेदवारी सोविता गौतमले पनि बिजयी हासिल गरेकी छिन् । उनले नेकपा एमालेका मणिराम फुयाललाई ३६७४ मतान्तरले पछि पारेकी हुन् ।

काठमाडौं जिल्लामा कुल १० क्षेत्रमध्ये ४ वटा स्थानमा रास्वपाले आफ्नो सिट बुक गरिसकेको छ । त्यस्तै, अन्य चार स्थानमा समेत रास्वपाले अग्रता लिइरहेको छ । ललितपुर क्षेत्र नं. ३ की उम्मेदवार डा. तोसिमा कार्कीले पनि हालसम्म १५ हजार ८५१ मत प्राप्त गरेर अग्रता जमाइरहेकी छिन् । उनले नेकपा एमालेका उम्मेदवार अमृत खड्कालाई ७१३१ मतले पछि पारेकी छिन् । लगभग दोब्बर मतान्तरले कार्कीले खड्कालाई पछि पारेकी छिन् । उनको जित निश्चित भइसकृेको छ ।

साथै यसबाहेक रास्वपाको हाबी भएको चितवन जिल्लामा पनि दुई क्षेत्रमा रास्वपाले अग्रता जमाइरहेको छ । चितवन २ मा रबि लामिछानेले ठूलो मतान्तरले नेकपा एमालेका कृष्ण भक्त पोख्रेललाई पछि पारेका छन् । हालसम्म लामिछानेले २२ हजार १०१ मत प्राप्त गरेका छन् भने पोख्रेलले जम्मा ९ हजार ४१२ मत प्राप्त गरेका छन् । रबि लामिछानेले पोख्रेललाई १२ हजार ६८९ मतान्तरले पछि पारेका छन् ।

यस्तै, चितवन १ बाट पनि रास्वपाका हरि ढकालले १९ हजार ५३ मत प्राप्त गरी अग्रता जमाइरहेका छन् । उनले नेकपा एमालेका भीमप्रसाद आचार्यलाई ५३९० मतान्तरले पछि पारेका हुन् । त्यस्तै, सुनसरी २ मा पनि रास्वपाका उम्मेदवार लाल बिक्रम थापाले २६५२ मत प्राप्त गरी अग्रता लिएका छन् । उनले नेकपा एमालेका उम्मेदवार भीमप्रसाद आचार्यलाई ९०८ मतान्तरले पछि पारेका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*