चीनले नेपालको लागि नयाँ राजदूतमा छन् सोङलाई पठाउँदै

७ मंसिर २०७९, बुधबार १६:४६

काठमाडौं । नेपालमा रिक्त रहेको राजदूत पदमा चिनियाँ विदेश मन्त्रालयको एसिया विभागका उपमहानिर्देशक छन् सोङलाई चिनले पठाउने भएको छ । नेपालका लागि पूर्व राजदूत होउ यान्छीले आफ्नो चार वर्षे कार्यकाल सकाएर गत २५ अक्टोबरमा स्वदेश फर्किएपछि चीनले नयाँ राजदूतका रूपमा छन्लाई काठमाडौं पठाउन लागेको हो ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार बेइजिङस्थित नेपाली राजदूतावासलाई भएको अनौपचारिक जानकारी बाहेक अहिलेसम्म कुनै औपचारिक जानकारी वा पत्र भने आइपुगेको छैन । नियुक्त भएका भनिएका कूटनीतिज्ञ छन् हाल चीनको विदेश मन्त्रालयअन्तर्गत रहेको एसिया मामिला विभागमा रहेका पाँच जना उपमहानिर्देशकमध्ये एक हुन् ।

चिनियाँ विदेश मन्त्रालयको विदेश मामलाको महानिर्देशकको जिम्मेवारीमा लिउ चिनसङ छन् । त्यस्तै पाँच जना उपमहानिर्देशकमा शेन मिन्चुवान (महिला), छन् सङ, पाङ हङ (महिला), छन् शाओछन र लियाङ जियान्जुन रहेका छन् ।

गएको अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को २०औं महाधिवेशनपछि चीनले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*