सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी
९ मंसिर २०७९, शुक्रबार १०:५२

काठमाडौँ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत विजयी भएका छन् । उनले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गरेका हुन् ।बस्नेतले ११ हजार आठ सय ७४ मतान्तरले तामाङलाई पराजित गरेका हुन् । कांग्रेसका बस्नेतले ३९ हजार तीन सय ६७ तथा एमालेका तामाङले २७ हजार चार सय ९३ मत ल्याएको जिल्ला निर्वाचन अधिकारीले जनाएको छ।
सिन्धुपाल्चोक(२ मा कांग्रेसले पहिलोपटक जित निकालेको हो । तामाङले यसअघि २०७० र २०७४ सालमा यस क्षेत्रबाट निर्वाचन जितेका थिए ।













