वेस्टर्न युनियन मनी ट्रान्सफरको सुनपति योजनाअन्तर्गत रेविका सुनुवारले जितिन १० तोला सुन

९ मंसिर २०७९, शुक्रबार ११:२२

काठमाडौँ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दशैँ लक्षित सुनपती अभियानको विजेता सार्वजनिक गरेको छ । एजेन्टहरुले रेविका सुनुवार को नाम सार्वजनिक गरेका हुन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन् ।

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो ।

नेपालमा पच्चीस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दशैँ, तिहार र छठलाई लक्षित गरी ’दस तोला सुनपती, दस हप्तासम्म उपहार कति कति’ अभियान शुरु गरेको थियो । दस तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट दस दस जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन् । अभियानमा अहिलेसम्म तीन सय विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन् ।

वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिदैँ आएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*