घण्टी चिन्हका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमा निर्वाचन आयोगको निर्णयः आयोगको दायराभित्र परेन

९ मंसिर २०७९, शुक्रबार ११:४७

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवाद सुल्झिने भएको छ । निर्वाचन आयोगले लामिछानेको नागरिकता विवादमा कुनै निर्णय नगर्ने जनाएको छ ।

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभाका लागि निर्वाचित लामिछाने विरुद्ध निर्वाचन अघि नै नागरिकताबारे प्रश्नहरु उठेका थिए । चुनावअघि नै राजकुमार पाण्डेले विदेशी नागरिकता प्राप्त गरेको ब्यक्तिले नेपाल फर्किएर विदेश नागरिकता त्यागेर नयाँ नेपाली नागरिकता लिनुपर्ने प्राबधान रहेकोमा लामिछानेले नयाँ नागरिकता नलिएको भन्दै उजुरी समेत दिएका थिए ।

सोही उजुरीसम्बन्धमा आयोगले नागरिकताबारे उठेको प्रश्नमा लामिछानेलाई सात दिनको समय दिएर स्पष्टीकरण सोधेकोमा लामिछानेले आयोगलाई नागरिकता विवादबारे दिएको स्पष्टिकरण मंसिर ७ गते नै निर्वाचन आयोगमा दर्ता भइसकेको छ ।

लामिछानेको प्रष्टीकरण दर्ता भएपनि सो बारे निर्णय नहुँदै मत परिणाम प्रकाशित भएकोले यस विषयमा निर्वाचन अयोगबाट कुनै निर्णय नहुने आयोगले बताएको छ । निर्वाचन आयोग ऐनको दफा ९ अनुसार उम्मेदवारको मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा नभइसकेको अवस्थामा मात्रै कुनै उम्मेदवार योग्य वा अयोग्य भएको विषयमा आयोगले निर्णय गर्ने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*