हेटौडामा विमानस्थल बनाउने एजेण्डा बोक्ने सिंह प्रतिनिधि सभा र बाँनियाँ प्रदेश सभामा बिजयी, विमानस्थल बनाएरै छोड्ने प्रतिबद्धता

९ मंसिर २०७९, शुक्रबार १९:४२

काठमाडौं । हेटौडामा आन्तरिक विमानस्थल बनाउने एजेण्डा गत निर्वाचनमा जनताका बीचमा पस्केका राप्रपाका दीपक बहादुर सिंह प्रतिनिधि सभामा निर्वाचित भएका छन् ।

बागमति प्रदेशको राजधानी हेटौडामा एउटा पनि विमानस्थल छैन । विमानस्थल नभए पछि कांग्रेसका प्रदेश सांसद तथा बागमति प्रदेशका सम्भावित मुख्यमन्त्री इन्द्र बाँनियाले घोषणापत्रमै हेटौडामा विमानस्थल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् । साथै बाँनियाले विभिन्न क्षेत्रमा गर्ने भाषणहरुमा हेटौडामा एउटा विमानस्थल बनाएर राष्ट्रिय महत्वको शहर बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गर्दै आएका थिए । बीमापोष्ट र हेटौडाको तुखवर डटकम सहितका सञ्चार माध्यमहरुले राजनीतिक क्षेत्रमा लविङ गरेर हेटौडामा विमानस्थलको एजेण्डालाई उठाएको थियो ।

उता, प्रतिनिधिसभामा बिजयी बनेका दीपक बहादुर सिंहले पनि हेटौडामा विमानस्थल बनाउने प्रतिबद्धता जनाउँदै आएका थिए । सिंहले हटिया आसपासका क्षेत्रमा विमानस्थल बनाउने प्रतिबद्धता जनाएका थिए । हटियाका स्थानीयबासीका अनुसार सिंहले हेटौडादेखि फुर्केचौरसम्मको भागमा व्यापक प्रदुषण फैलाइरहेको शिवम् सिमेन्टलाई अन्यत्र स्थानान्तरण गरेरै भएपनि विमानस्थल बनाउने माग गर्दा सिंहले हुन्छ भन्ने जवाफ दिने गरेका थिए ।

हटियामा रहेको शिवम् सिमेन्ट उद्योगले फैलाएको प्रदुषणको कारण स्थानीयबासीहरुले सागसब्जी समेत खान नसक्ने अवस्था सिर्जना भएको गुनासो जुनसुकै हालतमा समाधान गर्ने प्रतिबद्धता जनाउँदै विमानस्थलको एजेण्डा अघि सारेको सिंहलाई हटिया र हर्नामाडी तथा चुच्चेखोला, दियावादीका जनताले पार्टी नभनी भोट हालेका कारण सबैभन्दा पछाडि रहेका सिंह अन्तिम अवस्थामा सबैलाई जितेर बिजयी घोषित भएका छन् । निर्वाचनमा बिजय भएपछि बीमापोष्टलाई प्रतिक्रिया दिँदै सिंहले हटिया क्षेत्रमा सिमेन्ट उद्योगले फैलाइरहेको प्रदुषण न्यूनिकरणको काम छिट्टै सुरु गर्ने बताउँदै विमानस्थलबारे ठोस पहल गर्ने प्रतिबद्धता जनाएका छन् । सिंहले नेपाली कांग्रेसकी डिना उपाध्यायलाई हराउँदै प्रतिनिधि सभामा पहिलो पटक प्रवेश गरेका हुन् । उनले २७ हजार ७२६ मत ल्याएका थिए । सिंहका निकटतम् प्रतिद्धन्दी महालक्ष्मी उपाध्याय डिनाले २५६८३ मत ल्याएकी थिईन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*