लघुबीमाको लाइसेन्सको नतिजासँगै पैसा उठाएकाहरुको बिचल्ली, बिचौलियाहरु अप्ठेरोमा

११ मंसिर २०७९, आईतवार १७:१८

काठमाडौं । नेपाल बीमा प्राधिकरणले लाइसेन्स वितरण गर्न ७ वटा लघुबीमा कम्पनीको नाम छनौट गरी आज सार्वजनिक गरेपछि लाइसेन्स नपाउने पैसा उठाएकाहरुको भने बिचल्ली परेको छ ।

बीमा प्राधिकरण, अर्थमन्त्रालयमा समेत मिलाउनु पर्ने भन्दै रकम उठाउने मुक्तिनाथ विकास बैंक र गरिमा विकास बैंक सम्बद्ध समुह अप्ठेरोमा पर्ने देखिएको छ । लाइसेन्स लिनको लागि घुस सेटिङ गर्न भन्दै रकम उठाएको समाचार यसअघि नै प्रकाशन भइसकेको छ । १०० रुपैयाँको शेयरको अतिरिक्त ३५ रुपैयाँदेखि ६५ रुपैयाँसम्म असुल उपर गरिएको थियो । लाइसेन्स लिन भन्दै रकम उठाएकाहरु मध्ये अधिकांश लाइसेन्स पाउनेको सूचिमा नाम रहेको छैन ।

मुक्तिनाथ विकास बैंक सम्बद्ध ग्रुपले मुक्तिनाथ लघु जीवन बीमा र मुक्तिनाथ लघु निर्जीवन बीमा कम्पनी संस्थापना गर्ने प्रस्ताव पेश गरेका थिए । सो प्रस्ताव अनुसार लगानीकर्तासँग रकम उठाइएको थियो । त्यस्तै, गरिमा लघु बीमा र गरिमा लघु निर्जीवन बीमा कम्पनी पनि दर्ता गर्न बीमा प्राधिकरणमा निवेदन दिने ३१ वटा कम्पनीको सूचिमा रहेको थियो ।

त्यस्तै, अन्य केही समुहले पनि रकम उठाएर कम्पनी दर्ता गर्न खोजेका थिए । रकम उठाएकाहरु अब अप्ठेरोमा पर्ने भएका छन् ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*