पाचौं सामाजिक सुरक्षा दिवसको अवसरमा आयोजित कार्यक्रम सम्पन्न (फोटोफिचर सहित)

११ मंसिर २०७९, आईतवार १८:२२

काठमाडौं । असल श्रम सम्बन्धको आधार सामाजिक सुरक्षा र रोजगार भन्ने मुल नाराका साथ आज भन्दा ठिक पाँच बर्ष अगाडि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुुभारम्भ भएको दिनको अवसरमा मनाउन शुरु गरिएको यो सामाजिक सुुरक्षा आज पाचौं बर्षमा प्रवेश गरेको छ । आज एक कार्यक्रमको माझमा सहकारी प्रशिक्षण तथा अनुुसन्धान केन्द्रको सभाहल, नयाँ बानेश्वर, काठमाडौंमा सम्पन्न भएको हो ।

नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरको प्रमुख अतिथ्यतामा कार्यक्रमा आयोजना गरेको हो । उक्त कार्यक्रमबाट बैदेशिक क्षेत्रका श्रमिकको सामाजिक सुरक्षा योजनाको घोषणा तथा कोषमा सुचिकृत मध्ये उत्कृष्ट रोजगारदाता कम्पनीहरुलाई मन्त्री कुँवरबाट सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कुँवरले सामाजिक सुरक्षाबाट कसैलाई पनि बन्चित नगरिने र रोजगारीको अवसरहरु सिर्जना गर्नमा सरकार अघि बढेको बताएका छन् । उनले भने, ‘ सरकारले सविधानको धारा (३४) र (४३) अनुसार काम गरिरहेको र विभिन्न निकाँयबाट आएको सुझावलाई १ हप्ता भित्र सम्बोधन गर्ने भएको छ ।’ ।

उक्त कार्यक्रममा प्रधानमन्त्री शेर बहादुर देउवाले लिखित रुपमा शुुभकामना दिएका थिए ।

 

 

 

 

 

बीमा पोष्ट संवाददाता राजन कठायतले तयार पारेको रिपोर्ट र तस्वीरहरु ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*