मधेस प्रदेशमा सोमबार सार्वजनिक विदा

११ मंसिर २०७९, आईतवार १९:०८

काठमाडौं । मधेस प्रदेश सरकारले सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले सोमबार सार्वजनिक विदा दिइने बताएका छन्।

विवाह पञ्चमीको अवसरमा राउतले विदा दिने जानकारी दिएका छन् । त्रेता युगमा सीता र श्रीरामको विवाह भएको स्मरणमा मिथिला क्षेत्रमा साताव्यापी विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*