नेपालमा अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध युवाको भुमीकाको विषयमा विषेश कार्यक्रम सम्पन्न

१२ मंसिर २०७९, सोमबार १३:५४

काठमाडौं । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध दिवसको सन्दर्भमा पल्स नेपाल रिसर्च सेन्टर, काठमाडौं र नेपाल स्टाटीस्टीकल सोसाइटीले संयुक्तरुपमा आयोजना गरेको महिला हिंसा विरुद्ध युवाको भुमीकाको विषयमा विश्वविद्यालय तथा क्याम्पसमा विभिन्न तहमा अध्ययन गर्ने विद्यार्थीहरुविच प्रतियोगीता सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपालका विभिन्न क्याम्पसहरुबाट दुई सयको आवेदन परेकोमा दश उत्क्रीष्ट विद्यार्थीहरुलाई अन्तिम राउन्डमा भर्चुवल माध्यममा प्रतिस्पर्धा गराइएको थियो ।

उक्त कार्यक्रममा प्रथम, द्धीतिय र त्रितिय हुने ब्यक्तीहरुलाई जनही २ हजार, १ हजार र रु ५ सय र प्रमाण पत्र कार्यक्रमका निर्णायक त्रिभुवन विश्वविद्यालयका उप प्राध्यापक तथा लेखक डिलाराम भन्डारीद्धारा बितरण गरिएको थियो । उक्त कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक, राजनितिज्ञ तथा अन्य विशिष्ट बक्ताहरुले महिला हिंसा विरुद्ध युबाहरुको भुमीकाको विषयमा मन्तब्य दिनुभएको थियो । विश्वमा १५ देखि २४ वर्षका युवाहरुको संख्या १.२ बिलियन रहेको र जुन विश्वको जनसंख्याको करिब १६ प्रतिशत रहेको र २०७९ को जनगणना अनुसार नेपालमा एक करोड एक्काइस लाख नौ हजार छ सय पचहत्तर युवाहरु १६ देखि २५ वर्षसम्मका अर्थात समग्र जनसंख्याको करिव २०.८ प्रतिशत भएकोले युवाहरुको मतले समग्ररुपमा राजनैतिक परिवर्तन गर्नसक्ने क्षमता राख्नेभएकोले युवाहरुले समाजलाई कलंकीत गर्ने महिला हिंसा, भ्रष्टाचार, छुवाछुत आदि विषयमा विषेश चासो र चिन्ता राख्नुपर्ने जसले गर्दा महिला हिंसा विरुद्धमा ब्यापक रुपमा यस सम्वन्धी कानुनी सजाय, सामाजीक अपराध र दन्डनिय हो भन्ने विषयमा देशमा ठूलो जनमानसमा संचार हुने कुरामा कार्यक्रमका बक्ता पल्स नेपाल अनुसन्धान संस्थाकी अध्यक्ष्य शारदा कडेलले जोड दिनुभएको थियो ।

लेखक भन्डारीले विभिन्न अध्ययन र सर्वेक्षण अनुसार नेपालमा दक्षिण एसियाको तुलनामा समग्र महिला विरुद्धहुने हिंसाहरुमा निकै सुधार भएको देखिएको बताएका थिए । भन्डारीका अनुसार विश्ववैंकको २०२२ को प्रतिवेदन अनुसार नेपालमा महिला, ब्यापार र कानुन सुचाकं ८०.६ प्रतिशत जुन भारत र माल्दिभ्सको भन्दा पनि बढि प्रगती भएको समग्र प्रतिवेदनमा उल्लेख छ । समग्र दक्षिण एसियाको ६३.७ प्रतिशत, भारत ७४.४ प्रतिशत र माल्दिभ्स ७३.८ हुदा नेपालमा भने निकै सुधार भएको छ । त्यसैगरी २०७७र७८ मा महिला विरुद्धको अपराध प्रदेश १ मा १६७, मधेश प्रदेशमा ११५, बाग्मती प्रदेशमा ८८ र कर्णालीमा सबभन्दा कम ४६ रहेको छ । हाल युवाहरुको उपस्थितीले सरकारी कार्यलयमा काम छिटो र छरितो भइरहेको र बैंकिक तथा टेक्नोलोजीक्षेत्रमा नयां युवाहरुको आगमनले काममा चुस्तता समेत भएको भन्डारीले मन्तब्यमा बताए ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*