थापाथलीस्थित सुकुम्बासी बस्तीका स्थानीय घरेलु हतियार सहित प्रदर्शन, उपरीक्ष राजु पाण्डे सहित १५ जना घाईते

१२ मंसिर २०७९, सोमबार १७:०२

काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलु हतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ ।

सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हँसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् ।आफूहरु बस्दै आएको ठाउँ नछाड्ने भन्दै उनीहरुले गृहमन्त्री तथा काठमाडौंका मेयर बालेन साह ९बालेन्द्र० विरुद्ध चर्को नारावाजी गरिरहेका छन् । उनीहरुले बागमती किनारको बस्ती छिर्ने सडकमा टायर बालेर प्रदर्शन गरिरहेका छन् । सुकुम्बासी बस्तीभित्र प्रहरी छिर्ने क्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान हुँदा भई प्रहरी उपरीक्ष राजु पाण्डे सहित १५ जना घाईते भएका छन् ।

एकीकृत बागमती सभ्यता विकास समितिले ४ मंसिर ९चुनावकै दिन०सम्म अन्तिम म्याद राखेर बस्ती खाली गर्न सूचना जारी गरेको थियो । समितिले सूचना जारी गर्दै नदी किनारामा अनधिकृत रूपमा निर्माण भएका घरटहरा तथा निर्माण सामग्री र सवारी साधनहरू हटाउन ४ मंसिरसम्मको समयसीमा दिएको थियो । तर निर्देशन अटेर गरेपछि महानगरको टोली डोजर लिएर सुकुम्बासी बस्ती पुगेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*