बीमा क्षेत्रकै पहिलो महिला सिईओ उपासना हिमालयन रिको डेपुटी सिईओ नियुक्त

१३ मंसिर २०७९, मंगलवार २१:१५

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिईओ) मा उपासना पौडेललाई नियुक्त भएकी छिन् । नेपालकै पहिलो महिला सिईओको रुपमा युनाईटेड इन्स्योरेन्स कम्पनीमा काम गरेर पुनर्बीमा कम्पनीतर्फ यात्रा तय गरेकी उपासना हिमालयन रि इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएकी हुन् ।

करिब चार वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल पुनर्बीमा क्षेत्रमा प्रवेश गरेकी छिन् । यसअघि उनी युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् ।

२०७८ बैशाखमा कम्पनीको सीईओमा नियुक्त भएकी पौडेल एक कार्यकाल सकिनु अघिनै बाहिरिएकी हुन् । ३४ वर्षको उमेरमा नै सिइओको भूमिका निर्वाह गरेकि उपासना हाल दोसो ठूलो पुनर्बीमा कम्पनीमा हिमालयन रिको डेपुटी सिईओ नियुक्त भएकी हुन् ।

विगत एक दशक बढी समयको कार्यानुभव बटुलेकी पौडेलले दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस)बाट एमबिएसम्मको अध्ययन पुरा गरेकी छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*