देशकै नमूना विधालय बन्दै डोटीको सरस्वती माध्यमिक विद्यालय, जीवनोपयोगी सीप सिक्दै विद्यार्थी

राजन कठायत
१६ मंसिर २०७९, शुक्रबार १४:४१

काठमाडौं । आधुनिकताका नाममा परम्परागत गुन्द्री बुन्ने, कुच्चो बनाउने, दुनाटपरी बनाउने, खेतिपातिमा आवश्यक समाग्री बनाउने चलन हराउँदै गएको अवस्थामा यहाँको एक विद्यालयले प्रयोगात्मकसँगै व्यवहारिक ज्ञान, सीप सिकाउने अभियान थालेको लामो समय भैसकेको छ ।

कक्षाकोठाभित्र पढाइने सैद्धान्तिक ज्ञानले मात्रै सिकाइ पूर्ण हुन नसक्ने वास्तविकतालाई आत्मसात् गर्दै डोटीको के आई सिंह गाउँपालिकामा रहेको श्री सरस्वती माध्यमिक बिद्यालयले विद्यार्थीमा व्यवहारिक ज्ञान, सीप सिकाउने उद्देश्यका साथ परम्परागतरूपमा चलनचल्तीका सीप सिकाउने कार्य गरिरहेको छ ।

यहाँ गाउँघर, समाजमा दैनिक प्रयोगमा आउने गुन्द्री, दुनाटपरी, कुच्चो, चिसोमा लगाउने टोपि, स्वीटर, गलबन्दी जस्ता दैनिक जीवनमा उपभोग गर्ने सामाग्री तयार पार्नेजस्ता सीप सिकाउन थालिएको हो ।

विद्यालयले विगत ५ वर्षदेखि कक्षा ६ देखि १० कक्षा सम्मका विद्यार्थीलाई निरन्तर रुपमा सिप सिकाउने गरिएको छ । विद्यालयको प्राङ्गणमा बाबियो भिजाएर कुचो बनाउन, गलबन्दी बुन्न, टोपि बुन्न, मुडाहरु बनाउन तथा दुनाटपरी तयार पारेको दृश्यले शिक्षक, अभिभावक, विद्यार्थीमा नयाँ कुरा सिक्ने र सिकाउने कार्यमा उत्साह थपिएको छ ।

गुन्द्री, दुनाटपरी, कुच्चा, मुडाहरु, गलबन्दी, टोपि लयायतका समाग्रीहरु समाजमा अनिवार्यरूपमा प्रयोग भइरहने वस्तु हुन् । सैद्धान्तिक सिकाइले कण्ठ गर्ने मात्र हुन्छ । घरमा प्रयोग गरिए तापनि सीप सिक्ने मौका नमिलेको अवस्थामा विद्यालमै आएर सिक्न पाउँदा रमाइलो लागेको बिद्यालयकि छात्रा अस्मिता राणाले बताईन ।

नेपाली भएर पनि आफ्ना संस्कार, संस्कृतिको जगेर्ना गर्न नसक्दा परम्परागत संस्कृति लोपोन्मुख हुँदै गएको छ । हामिले यस कार्यलाई निरन्तरता दिएर अगाडि बढ्ने र अहिलेलाई कक्षाका विद्यार्थीलाई मात्र सिकाइएको सीप क्रमिकरूपमा अन्यलाई पनि सिकाइनेछ ।

घरमा प्रयोग हुने गरे पनि सिक्ने समय नमिल्ने अर्थात् नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा अहिले गुन्द्री बुन्ने, दुनाटपरी बुन्ने, मुडा बुन्ने, टोपि, गलबन्दी बुन्ने तथा कुच्चाहरु बनाउने जस्ता कार्यमा नयाँ पुस्ताहरु अन्योलमा छन् ।

उनीहरूलाई मध्यनजर गर्दै दैनिक प्रयोगमा आउने र पुरानो चलनचल्तीलाई नयाँ पुस्तामा ज्ञान, सीप सिकाउन विद्यालयभित्रै प्रयोगात्मक ज्ञान, सीप सिकाउने गरिएको हो ।

शिक्षण सिकाइमा प्रयोगात्मक सिकाइअन्तर्गत विद्यार्थीलाई नयाँ कुरा सिकाउने र प्राचीनरूपमा घरमा प्रयोग हुँदै आएको तर अहिलेका पुस्तामा सीप हस्तान्तरण नहुँदा प्रयोग कम हँदै गएको अवस्थामा विद्यालयमा नै सीप सिकाउने कार्य सुरु गरिएको र यस कार्यको प्रशंसा गर्दै काठमाडौंको कलकिंमा रहेको एलआरआई स्कुलले १ लाख रुपैयाँ सहयोग गरेर सिकाउनमा थप सहयोग पुगेको विद्यालयका प्रधानाध्यापक मिन बहादुर राणाले जानकारी दिए ।

“विद्यार्थीले असाध्यै उत्साहित भएर ज्ञान, सीप सिक्ने गरिरहेका छन्, अभिभावकले पनि घरमा सिकाउने समय नमिलेको अवस्थामा विद्यालयमा नै सिकाइएको यस सीपलाई सकारात्मकरूपमा लिनुभएको छ, छात्राहरू यससम्बन्धी सीप सिक्न पाउँदा खुसी छन् यस कार्यले गर्दा गाउँका सबै अभिभावक पनि खुशि छन् र यस कार्यलाई डोटीका अन्य विद्यालयले पनि सिक्नुपर्ने, ” प्रशिक्षक अर्बिन्द्र रावलले बताए ।

थोरै समयमा आफ्नो समयतालिकाअनुसार उत्साहित भएर विद्यार्थीले सीप सिक्ने गरेको शिक्षिका कलापति शाहि बताउनुहुन्छ । उहाँका अनुसार दैनिक ४५ मिनेटको समय पालैपालो सिकाइने गरिएको छ ।

लोप भएको कुरालाई उजागर गर्दै विद्यार्थीको पढाइमा असर नपर्ने गरी पुराना सीप जुन अनिवार्य प्रयोगमा आइरहन्छन्, सो सीपलाई सिकाउन थालिएको र यसले गर्दा हाम्रा बिद्यार्थिलाई दैनिक जीवनमा आईपर्ने समस्यालाई समाधान गर्न सहज हुने भुतपुर्व बिद्यार्थि रबिन्द्र राणाले बताए ।

अहिलेलाई छात्रालाई दुनाटपरी, गलबन्दी, रुमाल, कुचा, मुडाहरु र गुन्द्री बुन्नेजस्ता सीप सिकाइएको छ । विस्तारै आउदो समयमा यस कार्यलाई बृहत रुपमा स्थानीय सामाग्रीका प्रयोग गरेर बिद्यार्थिलाई सिपमुलक बनाउने विद्यालयले जनाएको छ ।
स्थानीय सरकारले सहयोग गरेको खण्डमा छात्रलाई वायरिङ, प्लम्बिङजस्ता तालिम सिकाउने विद्यालयले योजना बनाएको छ । उक्त विद्यालयमा हाल ५ सय भन्दा बढी बिद्यार्थि रहेका छन् । जसमध्य विद्यालयले हाल कक्षा ६ देखि माथिका विद्यार्थिलाई यस प्रकारका सिपहरु सिकाउदै आएको छ ।

नर्सरीखि कक्षा १२ सम्म पठनपाठन हुने यस विद्यालयमा हाल ५ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई विभिन्न खाजा, खानाको परिकार बनाउने कार्य, बिरुवा रोपण, विद्यालय प्राङ्गणमा करेसाबारी निर्माण, सरसफाइजस्ता कार्यक्रम भइरहेका छन् ।

विद्यालयको आन्तरिक स्रोत र साधन परिचालन गरेर यस कार्यलाई नियमित सञ्चालन गरिएको छ । विद्यालयमा रानागाँउ, सलेना, बुहारगाँउ, केदारगाँउ, स्याँला, जमलकटे, फलेडि देखि अन्य गाउँपालिकाका विद्यार्थी दैनिकरूपमा आउने गर्दछन् । बिद्यालयले टाढाबाट आउने बिद्यार्थिको समयलाई मध्यनजर गर्दै छात्राबासको उचित व्यवस्थापन गरेको छ ।

स्कुल छात्राबासको सुविधा भएपछि टाढाका विद्यार्थी घरबाटै यहाँ पढ्न आउने गरेका छन् । यहाँ २२ जना अनुभबि शिक्षक कर्मचारी कार्यरत छन् ।

तस्वीरः

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*