नेपाल दुरसञ्चार प्राधिकरणले चर्को इन्टरनेट शुल्क लिएका यी इन्टरनेट सेवा प्रदायक संस्थालाई गर्यो कारवाही

१६ मंसिर २०७९, शुक्रबार १६:३०

काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले चर्को इन्टरनेट शुल्क लिने इन्टरनेट सेवा प्रदायक संस्थालाई कारवाही गरेको छ । आफु खुशी सेवा शुल्क लिएको कारण प्राधिकरणले कारवाही गरेको हो ।

प्राधिकरणले सीजी कम्युनिकेशन्स, वल्र्डलिंक, वाईफाई नेपाल, वेबसर्फर नेपाल कम्युनिकेशन, सुबिसु केवलनेट, क्लासिक टेक, भायानेट कम्युनिकेसन, डिश मिडिया नेटवर्क, म्याक्सनेट सोलुशन्सलाई कारबाही गरेको हो । प्राधिकरणले यि सेवा प्रदायकसँग १५ दिनको समयावधि दिई स्पष्टिकरण माग गरेको छ । सेवा प्रदायक जवाफ पछि कारवाही प्रक्रिया अगाडी बढ्ने प्राधिकरणले जनाएको छ ।

सेवा प्रदायक संस्थाले सेवा सञ्चालन गर्नुपूर्व प्राधिकरणसँग अनुमति लिनुपर्नेछ । अनुमति लिदा उनीहरुले उपलब्ध गराउने सेवा र त्यसको शुल्क समेत तोक्नुपर्नेछ । प्राधिकरणले सेवा र शुल्क बैज्ञानिक लागेमा स्वीकृति दिनेछ । यदी सेवा प्रदायक सेवाग्राहीले दिने प्याकेज सुविधा र शुल्कमा फेरवदल गर्न चाहेमा प्राधिकरणसँग पुनः अनुमति लिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*