एकै दिनमा १० लाख भन्दा माथिको कारोबार सम्पत्ति शुद्धिकरणमा रिर्पोटिङ गर्न राष्ट्र बैंकको निर्देशन, संशोधित एकीकृत निर्देशिका जारी

१६ मंसिर २०७९, शुक्रबार १८:४५

काठमाडौं । नेपाल राष्ट्र बैंकले संशोधित एकीकृत निर्देशिका आज जारी गरेको छ । तीन दिन पहिले जारी गरेको चालु आवको मौद्रक नीतिको प्रथम त्रैमासिक समीक्षा जारी गरेको थियो ।

आज जारी एकीकृत निर्देशनमा अबदेखि एकै दिनमा १० लाख रुपैयाँ भन्दा बढि रकम खातामा जम्मा भएमा वा कसैलाई भुक्तानी दिइएमा सम्पत्ति शुद्धिकरण सम्बन्धी नियमन गर्ने सफ्टवयर गोएमएलमार्फत रिपोर्टिङ गर्न केन्द्रीय बैंकले सबै बैंकहरुलाई निर्देशन जारी गरेको छ ।
त्यस्तै, एकै दिन पाँच लाख रुपैयाँ भन्दा बढि विदेशी मुद्रा सटहीको रिपोर्टिङ पनि केन्द्रीय बैंकमा सम्पत्ति शुद्धिकरण सम्बन्धी विद्युतीय संयन्त्रमार्फत गर्नुपर्नेछ ।

केन्द्रीय बैंकले सबै बैंकलाई शंकास्पद ग्राहकको कारोबार छुट्टै शंकास्पद कारोबारे रिपोर्टिङमार्फत गर्न समेत भनेको छ । उक्त निर्देशनले अनलाईन जुवा खेलाउन प्रयोग भएका बैंक खाताहरुबारे बैंक आफैले शंकास्पद कारोबारको रुपमा रिपोर्टिङ गराउन पाउनेछ ।

कन्द्रीय बैंकले मौद्रीक नीतिमाथिको एकीकृत निर्देशिका संशोधन गर्दै यसअघि पनि लागू भएको सो व्यवस्थालाई अझै प्रभावकारी बनाउने निर्णय गरेको हो । आज जारी एकीकृत निर्देशिकाको संशोधनमा आधा दर्जनभन्दा बढि संशोधन सम्पत्ति शुद्धिकरणसँग सम्बन्धित छन् ।
आज जारी निर्देशन नं ९ मा भनिएको छ, ‘ बैंक तथा वित्तीय संस्थाले अनिवार्य रुपमा वित्तीय माध्यमबाट गोएमएल प्रोडक्सन इन्भारोमेन्ट बाट मात्र सीमा तथा शंकास्पद कारोबार गतिविधि सम्बन्धी प्रतिवेदन पेश गर्नुपर्नेछ ।’ नयाँ व्यवस्था अनुसार एक दिनमा पटक पटक वा एकै पटक १० लाख भन्दा माथिको कारोबार सम्पत्ति शुद्धिकरण सम्बन्धी विषय बन्ने भएको छ ।

सो समीक्षालाई कार्यान्वयन गर्न आज चालु आवको एकीकृत निर्देशिकाको संशोधन सार्वजनिक गरेको हो । नयाँ व्यवस्था अनुसार ग्राहकहरुको बर्गीकरण गरी सरलकृत बर्गमा परेका ग्राहकको सरलीकृत रुपमा विवरण अद्यावधिक गर्नुपर्ने उल्लेख छ ।

 

Circular-No-4ABC-Directive-no-19-related-1

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*