राहदानी विभागका महानिर्देशक र निर्देशकलाई चार दिन थुनामा राख्न अनुमति
२ असार २०८३, मंगलवार १८:०३

काठमाडौँ । विशेष अदालतले राहदानी छपाइसम्बन्धी कथित भ्रष्टाचारको अनुसन्धानका लागि राहदानी विभागका महानिर्देशक तीर्थराज अर्याल र निर्देशक सुनील कुमार केसीलाई चार दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई उनीहरूलाई थुनामा राखी अनुसन्धान अघि बढाउन अनुमति दिएको हो ।
अख्तियारले उनीहरूलाई २० दिनसम्म थुनामा राखी अनुसन्धान गर्न अनुमति माग गरे पनि अदालतले सोमबारदेखि लागू हुने गरी चार दिनको अवधि मात्र स्वीकृत गरेको छ ।












