सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट बालाजु एरिया’ सम्पन्न, १२८ लिडर्स सम्मानित (फोटोफिचरसहित)

१८ मंसिर २०७९, आईतवार १४:१७

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘सिटिजन लिडर्स मिट बालाजु एरिया’ सम्पन्न भएको छ । कम्पनीको बालाजु क्षेत्रका ८ वटा शाखाले इन्द्रेणी ब्याङ्क्वेट बसुन्धारा काठमाडौंमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) पोषक पौडेलको प्रमुख आतिथ्यतामा भएको उक्त ‘सिटिजन लिडर्स मिट’मा १८० जनाको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा सिइओ पौडेलबाट बालाजु एरियाका ८ वटा शाखाका १२८ जना सिटिजन लिडर्स सम्मानित भएका थिए । जसमा ४ वटा विधाअन्तर्गत ७ जना एमडीआरटी, क्लब बिजेतातर्फ २७ जना, धमाका एजेन्सी म्यानेजरतर्फ ५३ जना र हिरो अफ दि मन्थ अन्तर्गत ४१ जना लिडर्स सम्मानित भएका थिए ।

फोटोफिचर :

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*