श्री पशुपती शिक्षा मन्दिरको नवनिर्मित विद्यालय भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण

२५ मंसिर २०७९, आईतवार ११:४२

काठमाडौं । फेनहरा, सुस्ता गाउँपालिका ३ स्थित श्री पशुपती शिक्षा मन्दिरको नवनिर्मित सात कोठा, खेल मैदान, एसेम्वली सेड तथा तीन शौचालय सहितको सुविधा सम्पन्न आधुनिक विद्यालय भवन विद्यालय व्यवस्थापन समितीलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न भएकोछ । बाढि तथा हावाहुरीले विद्यालयको पुरानो भवन जीर्ण भई पठनपाठनमा कठिनाई भईरहेको अवस्थामा नयाँ भवन बने पछि उक्त विद्यालयका विद्यार्थीहरु तथा शिक्षक शिक्षीकाहरु निकै खुशी देखिन्थे । उक्त विद्यालय सार्वजनिक शैक्षिक गुठी अन्तर्गत पशुपति शिक्षा प्रसार समिति नेपालले संचालन गरि आएकोछ ।

उक्त नवनिर्मित भवन युनिभर्सिती अफ स्ट्राक्लड, ग्लास्गो, स्कटल्याण्डको एकलाख पाउण्डको आर्थिक सहयोगमा रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनले निर्माण गरेकोथियो । उक्त भवन वातावरण मैत्री ईंटाबाट निर्माण गरिएको थियो । भवनको निर्माणकार्यको जिम्मा कम्यूनिटि ईम्प्याक्ट नेपालले लिएको थियो भने हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि.ले आप्नो संस्थागत सामाजिक दायित्व अन्तर्गत उक्त आयोजनामा लजिस्टिक सपोर्ट गरेको थियो ।

उक्त नयाँ विद्यालय भवनको साँचो रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनका पूर्व अध्यक्ष अजय स्थापितबाट विद्यालय व्यवस्थापन समितीका अध्यक्ष प्रेमचन्द्र चौधरीलाई हस्तान्तरण गर्नुभएको थियो । उक्त नव निर्मित भवनको उद्घाटन कार्यक्रमको रोटरी क्लब अफ काठमाण्डौ मिडटाउनका अध्यक्ष निर्मल प्रसाद रिजाल तथा पशुपती शिक्षा मन्दिरका पदाधिकारीहरुले पानसमा दिप प्रज्योलित गरि शुभारम्भ गर्नु भएको थियो । उक्त कार्यक्रममा सुस्ता गाउँपालिका उपाध्यक्ष गीता चौधरी, पशुपती शिक्षा प्रचार समिती नेपालका केन्द्रिय गुठियार सत्यदेव पाण्डे, कम्यूनिटि ईम्प्याक्ट नेपालका अध्यक्ष राजेश चौधरी लगायतका विभिन्न स्थानिय व्यक्तित्वहरुको उपस्थिती थियो ।

उक्त कार्यक्रममा हिमालयन एभरेष्ट ईन्स्योरेन्स लि. ले विद्यार्थीहरुलाई स्कूल ब्याग लगाएत शैक्षिक सामग्री पनि वितरण गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*