डिशहोममा १ वर्षको रिचार्ज गर्दा भक्तपुर मध्य ठिमीकि दिपा तामाङले जितिन् नगद एक लाख

काठमाडौं । अब १ वर्षको रिचार्ज गर्दा २४ महिना डिशहोम हेर्न पाईने भएको छ । यो योजना अन्तर्गत डिशहोम डिटिएचका ग्राहकहरुले नजिकैको डिलर दाईकोमा गएर फण्ड ट्रान्सफर मार्फत १ बर्षको रिचार्ज गर्दा यो अफरमा सहभागी हुन पाउने छन् । साथै यो अफर अन्तर्गत रिचार्ज गर्ने मध्ये हरेक हप्ता एक जना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत नगद एक लाख रुपैयाँ जित्ने अवसर पाउनेछन् ।
यसै क्रममा भक्तपुर मध्य ठिमी वाडन+ ६ का दिपा तामाङले एक लाख रुपैयाँ रकम जितेकि छिन् । स्ट्रोम नेटवर्क डिलर अन्तर्गत रहेको बिबिएचकेटी २९ का मध्यपुर डिशहोम सप डिलर दाईकोमा एक वर्ष रिचार्ज गरेर दिपा तामाङ लक्कि ड्र मा पर्न सफल भएकि हुन् ।
डिशहोमको तर्फवाट सेल्स अफिसरबाट जितेको पुरस्कार रकम हस्तान्तरण गरेको हो । कम्पनीले विजेता दिपा तामाङलाई हार्दिक वधाई दिदै सम्पुर्ण डिशहोम डिटिएचका ग्राहकहरुले यो योजनामा सहभागी जनाई लाभ लिने भन्ने विश्वास कम्पनीले लिएको छ ।
लक्कि ड्र को प्रत्यक्ष प्रशारण हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोम रियालिटी टिभी, रमाईलो एचडी, सरोकार टिभी, नेपाल च्यानल, र डिशहोम सोकेसमा हेर्नसकिने कमपनीले जनाएको छ।












