सयपत्री हाइड्रोपावरका अध्यक्षसहित दुई संचालकद्धारा राजिनामा, नयाँ अध्यक्ष बने एक नारायण चापागाई

२६ मंसिर २०७९, सोमबार १०:२९

काठमाडौं । सयपत्री हाइड्रोपावर लिमिटेडका अध्यक्षसहित दुई संचालकहरुले राजिनामा दिएका छन् । कम्पनीको संचालक समितिको अध्यक्ष डा. बद्री केसी र सदस्यबाट कम्पनीको संचालक पवन ढकाल र विकास कुमार श्रेष्ठले सो पदबाट राजिनामा दिएका हुन् ।

साथै कम्पनीको मंसिर २५ गते बसेको संचालक समितिको बैठकले तीन संचालकको राजिनमा स्वीकृत गरी रिक्त रहेको संचालक समितिको अध्यक्ष पदमा डा.एक नारायण चापागाईलाई नियुक्त गरिएको छ ।

संचालक समितिको रिक्त अध्यक्ष पदमा संस्थापक शेयरधनी मध्येबाट ललितपुर महानगरपालिका वडा नं. १५ बस्ने डा. चापागाईलाई कम्पनीको ९औ) वार्षिक साधारण सभा नभएसम्म कम्पनीको संचालकमा चयन गरेको हो. ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*