रेमिट टु नेपाल पनि अब एनपीएसमा आबद्ध

२७ मंसिर २०७९, मंगलवार १७:२५

काठमाण्डौं । रेमिट टु नेपाल प्राईभेट लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न दुई संस्थाबीच सम्झौता भएको छ।

सम्झौतापत्रमा रेमिट टु नेपालका तर्फबाट संस्थाका महाप्रबन्धक सन्तोष भेटुवाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

उक्त सम्झौतापश्चात रेमिट टु नेपालको आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएलको नेसनल पेमेन्ट इन्टरफेस (एपीआई) सँग जोडी नेसनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको विभिन्न भुक्तानी उपकरणहरु प्रयोग गर्न सक्नेछ। यस व्यवस्थाअनुसार रेमिटले सम्पूर्ण भुक्तानी कारोबारहरु सोझै लाभग्राहीको बैंक खाता अथवा वालेटमा जम्मा गर्ने छ र चाँडै नै अन्य विभिन्न उपकरणहरू मार्फत पनि उक्त सेवा उपलब्ध गरिनेछ।

हाल १३ वटा रेमिट्यान्स कम्पनीले आफ्नो सम्बन्धित सेटलमेन्ट बैंकहरुमार्फत एनसीएचएलका भुक्तानी प्रणालीहरुको प्रयोग गरी रेमिट्यान्ससम्बन्धी कारोबारहरु गर्दै आएका छन्।

रेमिट टु नेपालले एक दशकभन्दा बढी समयदेखि नेपालको रेमिट्यान्स क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको छ। नेपालमा प्रख्यात व्यापारिक क्षेत्र तथा उद्यमीहरुको समूहद्वारा स्थापना गरिएको यस रेमिटले आफ्नो आधुनिक र प्रभावकारी रेमिट्यान्स सुविधाहरुमार्फत विश्वभरबाट इनवार्ड रेमिट्यान्स तथा आन्तरिक रेमिट्यान्सलाई पनि लक्षित गर्दै विभिन्न रेमिट्यान्स सेवाहरु प्रदान गर्दै आएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*