कात्तिक मसान्तसम्म ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रियो

२९ मंसिर २०७९, बिहीबार १५:४७

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९।८० को कात्तिक मसान्तसम्मको देशको आर्थिक अवस्थाको स्थिति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आवको ४ महिनामा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको छ ।

कात्तिक महिनाको अन्त्यसम्ममा कुल ३ खर्ब ७८ अर्ब रेमिट्यान्स भित्रिएको छ । जुन यो गत आवको यसै अवधिको तुलनामा २०.४ प्रतिशतले बढी हो । गत आवको यसै अवधिसम्म रेमिट्यान्स ७.० प्रतिशतले घटेको थियो ।

त्यस्तै समिक्षा अवधिसम्म वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या १०२.५ प्रतिशतले बृद्धि भई १लाख ९५ हजार १९६ जना पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*