सुदुरश्चिममा गएको ५.९ म्याग्निच्यूडको भूकम्पले बाजुरा र बझाङका केहि घर भत्किए, जनजिवन अस्तव्यस्त

१० माघ २०७९, मंगलवार १६:५६

काठमाडौं । मंगलबार दिउँसो सुदुुरश्चिम प्रदेशको बाजुरा जिल्लाई केन्द्रविन्दु बनाएर आएको ५.९ म्याग्निच्यूडको भूकम्प जादा पश्चिम नेपालमा ठुलो मात्रामा क्षति भएको छ । पश्चिम नेपालका सुर्खेत, डोटी, नेपालगञ्ज, बझाङलगायत क्षेत्रमा दिउँसो पौने तीन बजेतिर भूकम्पको धक्का महशुस गरिएको हो ।

बाजुरामा ५.९ म्याग्निच्यूडको भूकम्प जाँदा एक घर भत्किनुका साथै कैयौ घरहरु चर्किएका छन् । बाजुराको बडिमालिका नगरपालिका–७ मा एउटा घर भत्केको प्रहरी कार्यालय बजाराले जानकारी दिएको हो । प्रहरीका अनुसार मानवीय क्षतिबारेको थप विवरण आउन बाँकी छ ।

 

यसैगरी वडा नम्बर ६ मा एउटा विद्यालय भवन र दुई वटा घर भत्किएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा हिमपात भएको र यही बीचमा भूकम्प जाँदा जनजीवन कष्टकर भएको जनाइएको छ । भूकम्पपछि टेलिफोनको नेटवर्कमा समस्या देखिएपछि विवरण संकलनमा समस्या भएको प्रहरीको भनाइ छ ।

यस्तै बझाङको चैनपुरलगायतका स्थानमा पनि भूकम्पले घरहरु चर्किएको खबर प्राप्त भएको छ ।

यसैबीच कर्णालीका कुनैपनि जिल्लामा भूकम्पबाट क्षति भएको विवरण नआएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता माधव प्रसाद श्रेष्ठले जानकारी दिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*