आत्मदाह गरेका आचार्यलाई विश्वभरबाट सहयोगको ओइरो

११ माघ २०७९, बुधबार १३:२३

काठमाडौं । बानेश्वरको संसद भवन अगाडी आत्मदाह गरेका प्रेम प्रसाद आचार्यको मृत्यु भएको छ । उनको मृत्युपश्चात् विश्वभरबाट सहयोग गर्नेहरुको ओइरो लागेको छ । यतिबेला आचार्यका श्रीमतीको बैंक खातामा रकम जम्मा गर्ने अभियान सुरु भएको छ ।

बैंकको ऋण तिर्न नसकेपछि आत्मदाह गरेका आचार्यको बुधबार बिहान उपचारको क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु हो । उनको मृत्युपश्चात् सामाजिक संजालमा उनका श्रीमती ननुका अधिकारीको खातामा रकम जम्मा गर्न अभियान सुरु भएको हो ।

आचार्यको मृत्युपश्चात् सामाजिक संजालहरुमा उनकी श्रीमतिको खाता नम्बर सार्वजनिक गरि सहयोग गर्न अपिल समेत गरिएको छ । विश्वभरबाट यतिबेला उनकी श्रीमतिको खातामा ब्यालेन्स ट्रान्सफर गरिएको ‘स्क्रिन सट’ सामाजिक संजालहरुमा सार्वजनिक भएका छन् ।

 

आचार्यले आत्मदाह गर्नुअघि सार्वजनिक गरेको आफ्नी श्रीमतिको खाता विवरण

 

No description available.

आत्मदाह गर्नुअघि आचार्यले के लेखेका थिए ?

 

 

One thought on “आत्मदाह गरेका आचार्यलाई विश्वभरबाट सहयोगको ओइरो

  1. इन्द्र देव पन्त says:

    देशको स्थिति बिश्व माझ पश्केर गए तर परिवार बालबच्चाहरुको बिचल्ली भएको बेलामा वहाँ को परिवार ले राहत पाउनु एकदमै सर्हानीय कार्य हो।।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*