स्वाप रेसियोमा नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स आ-आफ्नै अडान, सफल होला त मर्जर ?

११ माघ २०७९, बुधबार १२:५३

काठमाडौं । नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्जरमा जान छलफलको तयारीमा जुटेको छ । सरकारको प्रत्यक्ष लगानीसमेत रहेको कम्पनीमा मर्जरको लागि नेपाल बैंकले समेत सकारात्मक प्रतिकृया जनाईसकेको छ।यसअघि क्रस होल्डिङमा रहेका आइएमई जनरल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सविच मर्जर गर्न दिएको दबाब दिएपनि अन्त्यमा यी दुई कम्पनीबीच मात्रै मर्जरमा जाने बिषयमा छलफल भएको छ।

आइएमईमा चन्द्र ढकालको मुख्य लगानी रहेको छ । नेपाल इन्स्योरेन्समा पनि ढकाल समुहको लगानी रहेकोले बीमा प्रधिकरणले यी तिनै कम्पनी मर्ज गर्न दबाब दिएको थियो ।नेपाल इन्स्योरेन्स र प्रुडेन्सियलले मात्रै मर्जरको लागी छलफलमा जुटेका छन् । यी दुबै कम्पनीबीच स्वाप रेसियोमा आ-आफ्नै अडान रहेको छ। छलफलको तयारीमा रहेपनि अन्तिम टुगाें लाग्ने नलाग्ने बिषयले अन्तिम रुप आउन सकेको छैन ।

नेपाल इन्स्योरेन्समा बिशाल ग्रुपको करिव १२ प्रतिशत लगानी रहेको छ भने प्रुडेन्सियल उसकै मुख्य लगानीको कम्पनी हो । वित्तिय अवस्थाको आधारमा हेर्दा यी दुबै कम्पनी निराजनक नै छ । यी दुवै कम्पनी एउटै व्यवसायिक घरानाका रहेका छन् । विशाल गुप्रको ठुलो लगानी रहेको यी दुवै कम्पनीलाई एक आपसमा गाभ्ने गरि छलफल तथा प्रक्रिया अघि बढाएको स्रोतले जनाएको छ।

कम्पनीका स्रोतका अनुसार हामी मर्जर प्रक्रियाका लागि छलफल अघि बढाईरहेका छौं,–‘मर्जपछि बन्ने कम्पनीको नाम, संचालक तथा व्यवस्थापकीय टिम लगायतको बारेमा सहमति हुँदैछ । स्वाफ रोसियोको बिषय टुंगो लागेको छैन ।

पछिल्लो केही समय अघि प्रुडेसिन्यल इन्स्योरेन्स कम्पनीले मर्जर कमिटि नै बनाएर छलफल अघि बढाएको छ। त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनी पनि बारम्बार मर्जरलाई अन्तिम रुप दिन छलफलमा जुटेको छ।

हाल प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापुँजी १ अर्ब १८ करोड ६१ लाख रुपैयाँ रहेको छ । नेपाल इन्स्योरेन्सको १ अर्ब ३७ करोड ८९ लाख रुपैयाँ रहेको छ । मर्जपछि बन्ने कम्पनीको चुक्तापुँजी २ अर्ब ५६ करोड बढी पुग्नेछ ।ग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*