प्रेम प्रसाद आचार्यको आत्मदाहको काण्ड छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, प्रहरीको एक्सन सुरु, को को जानसक्छन् जेल ?

११ माघ २०७९, बुधबार २०:४१

काठमाडौं । आज बसेको मन्त्रिपरिषदको बैठकले नयाँ बानेश्वरमा आफैलाई जीउदै जलाएर आत्महत्या गरेको प्रेम प्रसाद आचार्र्यको आत्मदाह काण्ड छानविन गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री प्रचण्डको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषदको आपतकालिन बैठकले आचार्यले आत्मदाह गर्नुपर्नाको कारण, यसभित्रका षडयन्त्र लगायतका विषयमा छानविन गर्न गृह मन्त्रालयलाई जिम्मेवारी दिने निर्णय गरेको एक मन्त्रीले बीमापोष्टलाई जानकारी दिए ।

सरकारले छानविन गर्ने निर्णय गरेसँगै व्यापारीहरुमा आतंक फैलिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा जानसक्ने भयले प्रेम प्रसाद आचार्यलाई दुःख दिने केही व्यवसायीहरुले फोन स्वीच अफ गर्न थालिसकेका छन् । व्यवसायी मिन बहादुर गुरुङले प्रयोग गर्दै आएको … ५ नम्बरको मोबाइल समेत स्वीच अफ छ ।

 

युवा कृषि व्यवसायी प्रेम प्रसाद आचार्यले मिन बहादुर गुरुङको भाटभटेनी, अर्को व्यापारिक कम्पनी बिगमार्ट, पवन गोल्यानको गोल्यान एग्रो लगायतकका कम्पनीहरुले उधारोमा सामान लगेर पैसा नदिएको र बैंकको किस्ता तथा कर कार्यालयको लगातारको टर्चर सहन नसकेर जीउदै जलेर मर्ने निर्णय गरेको १३ हजार शब्दको बकपत्र सार्वजनिक गरेका थिए ।

सरकारले छानविन गर्ने निर्णय गरेसँगै तत्कालै एक्सन सुरु भइसकेको नेपाल प्रहरीका आईजीपी धिरज प्रताप सिंहले बीमापोष्टलाई जानकारी दिए । हाल पीडितका आफन्तहरु प्रहरीको सम्पर्कमा आइसकेको र जाहेर लिएर के भएको हो छानविन गरिने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*