सुनको मुल्य अहिले सम्मकै उच्च, कतिमा हुदैछ आजको कारोबार ?

१२ माघ २०७९, बिहीबार ११:०५

काठमाडौं । साताको पाँचौ कारोबार दिन अर्थात् बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ किर्तिमान बनाएको छ । आज चाँदीको मूल्य  पनि बढेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबारको दिन तोलामा १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबारको दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, बिहिबार चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबारको दाजोमा स्थिर रहेको छ । आज चाँदीको मुल्य प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*