निजी क्षेत्रलाई हतोत्साहित हुनेगरी काम नगर्न अर्थमन्त्री पौडेलको चेतावनी
१२ माघ २०७९, बिहीबार ११:२१

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई हतोत्साहित हुनेगरी काम गर्न नहुने बताएका छन् । ७१औं भन्सार दिवसको अवसरमा बोल्दै अर्थमन्त्री पौडेलले भन्सार विभागलाई निजी क्षत्रेलाई दुख दिने काम नगर्न चेतावनी दिएका हु्न् ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले राजश्वको अवस्था नाजुक भएको बताउँदे आजैबाट राजश्वमा सुधार आउनेगरी काम गर्न समेत अनुरोध गरेका छन्। साथै नेपाल जस्तो विकासोन्मुख मुलुकमा निजी क्षेत्रलाई अनियमितताको प्रयास गर्न नहुने समेत बताएका छन् ।












