डिजिटल रूपान्तरणको ६ वर्ष मनाउँदै खल्ती

१२ माघ २०७९, बिहीबार ११:१७

काठमाडौँ । नेपालको अग्रणी डिजिटल वालेट मध्येको एक, खल्तीले माघ १२ गते (२६ जनवरी) मा आफ्नो छैठौं वार्षिकोत्सव मनाइरहेको छ । नेपालीहरूको सामान्य भुक्तानी आवश्यकताहरूमा योगदान पुर्याउदै २०१७ मा डिजिटल रूपान्तरण सुरुवात गरेको थियो। त्यस बेला देखि खल्तीले हरेक नेपालीलाई वित्तीय समावेशीकरण उपलब्ध गराउने भिजन र मिशन लिई अगाडि बढेको छ । कम्पनीले वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गरेको छ ।

खल्ती, नेपालभरि दैनिक ३ लाख सम्म भुक्तानी गरिरहेका ३१ लाख प्रयोगकर्ताको साथ लिई, तिब्र गतिमा अघि बढ्दै गइरहेको वित्तीय प्रविधि स्टार्टअपको रूपमा उभिएको छ । हाल देशभरि ७० हजार एजेन्ट, ६० हजार व्यापारी, ५० बैंक तथा वितिय संस्था, ११ सय सहकारीहरू र २ सय ५० कर्मचारी को साथमा काम गरिरहेको छ । यसलगतै खल्तीले गत वर्ष ‘डिजिटल अपर्टुनिटि  इन्क्लुजन अवार्ड’ को श्रेणी मा ‘ग्लोबल इनोभेसन एण्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि ‘२७००१ः२०१३ प्रमाणपत्र’ प्राप्त गरेको थियो ।

छैठौं वर्ष को उपलब्धिलाई मनाउँदै खल्तीले ‘के छ, खल्ती छ’ भनि सन्देश सामाजिक संजालमा भाभ्य तरिकाले प्रचार गरेको पाइन्छ। यस लगतै खल्तीले माघ १८ (फेब्रवरी १) मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान लाउदैंछ । यस प्लान अन्तर्गत अझै विशेष अफर र सुविधा प्रधान गरिने छ। साथै, खल्तीले बिभिन्न सझेधारसँग वार्षिकोत्सव मनाउंदै अफर र गिभआवे पनि ल्याएको छ ।

भुक्तानी सेवा बाहेक खल्तीले आफ्नो ब्रान्डको पहिचान पनि बलियो रुपमा सिर्जना गर्दै आएको छ । आफुलाई ‘युवा र ट्रेन्डी ब्रान्ड’ को रुपमा चिनाउने खल्तीले अधिकांश सञ्चार र दृश्यतालाई युवा पुस्तासँग सजिलैसँग सम्बन्धित हुने गरी केन्द्रीकृत गरेको छ । यति मात्र नभई खल्तीले सबै उमेर समूहका लागि उपयुक्त ब्रान्ड बनाउन सक्दो प्रयास गरेको पाइन्छ। यस वर्षको संदेश ‘के छ , खल्ती छ’ सबै नेपालीले आफ्नो दैनिक कुराकानीमा प्रयोग गर्ने वाक्यांश हो जसको अनुवाद हालखबर सोध्नु हो । यो सन्देशको लागि वैकल्पिक व्याख्याहरू पनि छन् जहाँ ’प्’ शब्द ’खल्ती’ र ‘छ’ शब्द ‘छैठौं वर्ष’ जनाउछ, त्यसैगरी यसको अर्को अर्थ ’मसँग खल्ती छ’ पनि हुन्छ ।

खल्ती एपलाई सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने ‘लाइफस्टाइल ब्राण्ड’ बनाउने लक्ष्यमा पनि अघि बढिरहेको छ । यस लक्ष्यमा पुग्न खल्तीले केहि महिना अघि ‘खल्ती कुइज’ सुरु गरेको थियो। दैनिक ९,००० सक्रिय प्रयोगकर्ताहरूले कÞुइज खेली आफ्नो समय बिताउन र अफर तथा कुपनमा थप फाइदाहरू लिन सक्ने गरि विभिन्न उमेरका प्रयोगकर्तालाई उपयुक्त हुने गरि यो सुविधा ल्याइएको हो ।

आफ्नो लक्ष्यमा अघि बढ्दै खल्तीले विभिन्न चलचित्र, चलचित्र हलहरू र कार्यक्रम टिकट को लागि विशेष रूपमा साझेदारी गरेको छ । यस प्लेटफर्महरूलाई सबैभन्दा बलियो माध्यम बनाउने क्रममा खल्तीको नयाँ आविस्कार, ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ सुरु गरिएको हो। खल्ती आफैंले पनि २०१७ मा क्यान इन्फो–टेक मार्फत यसको सुरुवात गरेको थियो र त्यो विशेष कार्यक्रममा टिकटहरूमा आफ्नो विज्ञापनहरू राख्दै पहिलो पहिचान बनाएको थियो। छ वर्षपछि, खल्तीले आज मेहनत र लगनशीलताले सम्पूर्ण प्रणालीको समर्पित संरचना गरि देशभरिका बिभिन्न चलचित्र तथा कार्यक्रमहरूसँग साझेदारी गरेको देख्न सकिन्छ।

वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “डिजिटल वित्तीय सेवाहरूको साथ नेपाली जीवनलाई छुने र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौं। तपाईंको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आज भन्दा भोलि राम्रो गर्दै जने प्रेरणा लिईरहने छौँ। हामी तपाईंको सुविधा र आनन्दको लागि तपाईंलाई थप नवीन र प्रभावकारी सेवाहरू प्रदान गर्न प्रतिबद्ध छौं।”

यसै क्रममा अघि बढ्दै, खल्ती एक अग्रणी इनोभेसन कम्पनी बन्दै आएको छ। सामन्नय भुक्तानी आवस्यकता पुरा गर्ने देखि लिएर प्रयोगकर्ताहरूलाई एप भित्रको थप आविष्कारमा संलग्न गराउन, आफ्ना प्रयोगकर्ताहरूलाई उत्कृष्ट अनुभव प्रदान गर्न खल्ती प्रतिबद्ध छ। वित्तीय समावेशीकरण प्रदान गर्ने थप महत्वपूर्ण आकांक्षाका साथ खल्ती छैटौं वर्षमा अघि बढेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*