होटल तथा रेष्टुरेन्टले अब सर्भिस चार्ज लिन नपाउने

१२ माघ २०७९, बिहीबार १६:४३

काठमाडौं । होटल तथा रेष्टुरामा अब सर्भिस चार्ज जोड्न नपाउने भएको छ । सर्वोच्च अदालतले होटल र रेष्टुरामा सेवा शुल्क लिन नपाउने फैसला गरेको हो ।

राष्ट्रिय उपभोक्ता मञ्चबाट प्रेमलाल महर्जनले सेवा शुल्क खारेजीको माग गर्दै अदालतमा रिट दर्ता गराएका थिए । महर्जनले हालेको रिटमा संवैधानिक इजलासबाट अब सर्भिस चार्ज हटाउने फैसला भएको हो ।

होटल र रेष्टुराहरुले बिलमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क आइरहेकोमा सो फैसलापछि अब उक्त चार्ज लिन पाउने छैनन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*