भाटभटेनीका मिन बहादुर गुरुङ, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित दर्जन ठूला उद्योगी विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता

१२ माघ २०७९, बिहीबार १६:४५

काठमाडौं । नेपालका चर्चित उद्योग, रिटेलर व्यवसायी भाटभटेनी सुपर मार्केटका सञ्चालक मिन बहादुर गुरुङ, बैंकर व्यवसायी पवन गोल्यानसहितका एक दर्जनभन्दा बढि उद्योगी, व्यवसायी तथा नेपाल सरकारका जिम्मेवारी अधिकारीहरुका विरुद्धमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको छ ।

मंगलबार नेपालको संसद भवन बाहिर आत्मदाह गरेका प्रेम प्रसाद आचार्यले लेखेको मृत्युकालिन घोषणाका आधारमा चर्चित उद्यमी तथा बालुवाटार काण्डका योजनाकार मिन बहादुर गुरुङ, अर्को ग्रोसरी शप बिगमार्टका सञ्चालक, एनएमबी बैंकका अध्यक्ष पवन गोल्यानसहित देशका नाम चलेका प्रतिष्ठित करिब एक दर्जन व्यापारीहरुका विरुद्धमा आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको हो ।

प्रधानमन्त्री प्रचण्डको अगाडि आत्मदाह गर्नुअघि १३ हजार शब्दको दस्तावेज लेखेर नेपालको वर्तमान शासन व्यवस्था, बिचौलिया, माफिया दलालहरुको नाङ्गेझार पारेका आचार्यका श्रीमतीसहितका आफन्तहरुले आत्महत्या दुरुत्साहनमा किटानी जाहेरी दर्ता नगरी शव नै नबुझ्ने अडान राखेका थिए ।

महानगरीय प्रहरी बृत्त तीनकुनेले पीडितहरुलाई सामान्य आत्महत्याको मात्रै जाहेरी दिन आग्रह गरेको थियो । तर, पीडितहरुले मानेका थिएनन् । तीनकुने वृत्तले नमानेपछि पीडितका आफन्तहरु महानगरीय प्रहरी परिसर, काठमाडौं टेकुमा उजुरी दर्ता गर्न पुगेका थिए । जिल्ला प्रहरी कार्यालय काठमाडौंले आज प्रेम प्रसाद सञ्जेलले मृत्युकालिन घोषणामा उल्लेख गरेका सबै व्यापारीका विरुद्धमा जाहेरी दर्ता गरेको अधिवक्ता स्वागत नेपालले बीमापोष्टलाई जानकारी दिए ।

आत्महत्या दुरुत्साहनमा मुद्दा चल्ने भएपछि हिजैदेखि केही व्यापारीहरु फरारा भइसकेका छन् । नेपाल प्रहरीका आईजिपी धिरजप्रताप सिंहले प्रहरीले सुक्ष्म निगरानी गरिरहेको र पीडितको जाहेरी हेरेर अघि बढ्ने बताइसकेका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*