गहुँ अभावका कारण देशभरीका ८० प्रतिशत मैदा उद्योग बन्द

१२ माघ २०७९, बिहीबार १७:१६

काठमाडौं । नेपाल मैदा उद्योग संघले बजारमा मैदा।आँटाको चरम अभाव सिर्जना भएको बताएको छ ।
भारत सरकारले २०७९ बैशाख ३० गतेदेखि गहुँ आयातमा लगाएको प्रतिबन्धका कारण बजारमा मैदाको अभाव हुँदै गएको जनाएको हो ।

नेपाल मैदा उद्योग संघले एक विज्ञप्ति जारी गर्दै मैदा।आँटा कच्चा पदार्थको रुपमा प्रयोग हुने बिस्कुट, चाउचाउ, बेकरी, तन्दुुरी।नान, भोजनालय, रेष्टुरेण्ट लगायत ठुला–साना सबै होटललाई माग अनुसारको मैदा।आँटा मैदा उद्योगले उपलब्ध गराउन नसक्दा बजारमा चरम अभावको अवस्था सिर्जना भएकोले उल्लेख गरेको छ । साथै कसरी मैदा।आँटा उपलब्ध गराउने भनी मैदा व्यवसायी चिन्तित समेत बनेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

संघले भारत सरकारको प्रतिबन्ध पश्चात मैदा उद्योगले बजारबाट महँगो मुल्यमा गहुँ खरिद गरिरहेको हँंदा मैदा।आँटाको मुल्य बढिरहेकाले उपभोक्ता लगायत सबै क्षेत्रलाई प्रभाव परिरहेको जानकारी सरकारलाई गराउँदै आइरहेका छ । अहिले पछिल्लो समयमा बजारमा गहुँ नै छैन, जसको कारण देशभरिका ८० प्रतिशत मैदा उद्योग नै बन्द हुने अवस्थामा पुगेका छन् भने बाँकी उद्योगहरु पनि एक हप्तामा पूर्ण बन्द हुने अवस्थामा छ । मैदा उद्योगले बजारमा मैदा।आँटा दिन सक्ने अवस्था नै छैन । योे विषम परिस्थितिबाट केही हदसम्म राहत पाउन तोकिएको कोटा तुरुन्त पाउनुपर्ने देखिएको संघले उल्लेख गरेको छ ।

मैदा उद्योग कृषिमा आधारित उद्योग मध्य नेपालमा आत्मनिर्भर भईसकेको उद्योग हो । भारत सरकारसँग कुरा गरी चाँडो भन्दा चाँडो थप गहुँ उपलब्ध गराईदिन संघले सरकारी निकायलाई अनुरोध गरेको छ । प्राप्त पचास हजार मेट्रिक टन गहुँ सबै मैदा मिलले मिलिङ गर्न पाउँदा पनि हाराहारी २० दिनलाई पुग्ने र त्यस पश्चात फेरी हाहाकार मच्चिन सक्ने संघको दाबी छ । नेपालमा गहुँको सिजन आउन अझ ३ महिना बाँकी रहेकोले अबको दिनमा झनै गहुँ अभावको हाहाकार हुने संघको अनुमान छ ।

नेपाल मैदा उद्योग संघले भारत सरकारले दिएको पचास हजार मेट्रिक टन गहुँ तुरुन्त मगाउनुपर्ने सरकारसँग माग गरेको छ । साथै बाँकी ३ महिनाको लागि ३८ वटा उद्योगको लागि लगभग २ लाख मेट्रिक टन गहुँ आवश्यक रहेको र गहुँ उपलब्ध भएमा मात्रै सम्बन्धित उद्योग चल्ने र सबै क्षेत्रलाई फाईदा पुग्ने बताउँदै मैदा आयातको सट्टा गहुँ आयात गर्न अनुरोध गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*