बेईजिङलाई धोका दिँदै प्रचण्ड, पार्टी फुटको जोखिम मोलेर कांग्रेसलाई राष्ट्रपति दिन मरिहत्ते

१२ माघ २०७९, बिहीबार २२:१९

काठमाडौं । प्रधानमन्त्री प्रचण्ड बर्गीय रुपमा मित्र शक्ति मान्नुपर्ने चीनलाई गम्भिर धोका दिने उद्देश्य राखेर गतिविधि अघि बढाएका छन् । भारतीय जासुसी संस्थासँग मिलेर प्रधानमन्त्री प्रचण्डले भारतीय समर्थनमा चीन विरोेधी व्यक्तिलाई राष्ट्रपति बनाउन अग्रसर भएका छन् ।

पछिल्लो पटक प्रधानमन्त्री प्रचण्डले आफ्नै नेता कार्यकर्ताहरुलाई प्रचण्डको विरोध गर्न निर्देशन दिएको बिहिबार प्रचण्डको कार्यक्रममा सहभागी एक नेताले बताए । प्रचण्डले कार्यकर्ताहरुलाई प्रचण्डकै विरोध गरेर राष्ट्रिय सहमतिमा मात्रै राष्ट्रपति चुनिनुपर्ने दवाव दिन भनेका छन् । त्यसको अर्थ प्रचण्डले भारतीय डिजाइनमा तयार पारिएका पात्रहरुलाई राष्ट्रपति बनाउन खोजेका हुन् । पछिल्लो पटक बाम गठबन्धनको सरकार बनेको देखेर अत्तालिएको भारत र अमेरिकाका जासुसी संस्थाहरु रअ र सिआईए अहिले एकैसाथ नेपालमा छिरेका छन् । पछिल्लो अपडेट अनुसार अमेरिकी राजनीतिक मामिला उप मन्त्री भोक्टोरिया नुल्याड यही माघ १५ र १६ गते नेपाल आउँदैछिन् ।

प्रधानमन्त्री प्रचण्डले अमेरिकी र भारतीय डिजाइन अनुसार काम गर्न थालेपछि उत्तरी छिमेकी राष्ट्र बेईजिङ सशंकित बनिसकेको छ । अझ यही बीचमा अमेरिकी विदेशमन्त्रीलाई स्वागत गर्ने भएपछि बेईजिङ रुष्ट बन्न पुगेको अन्तर्राष्ट्रिय क्षेत्रका जानकारहरु बताउँछन् ।

देशमा विद्रोहको आगो दन्कने तयारी भइरहँदा प्रचण्ड भने उत्तरी छिमेकी देश बेईजिङलाई रुष्ट बनाएर भारत र अमेरिकाको डिजाइनमा अघि बढ्न खोजेपछि सत्ता गठबन्धन मध्येका अन्य पार्टीहरु समेत सशंकित बन्न पुगेका छन् ।

यसैबीच, आज बसेको नेकपा माओवादी केन्द्रको स्थायी कमिटिको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष प्रचण्डको अभिव्यक्ति सुनेर केही नेताहरु भने तीन छक परेका छन् । बीमापोष्टका सम्पर्कमा आएका एक नेताका अनुसार मुलुकमा बल्लतल्ल बाम गठबन्धन बनेको र सहकार्यमार्फत एकतासमेत हुनसक्ने सम्भावनाका बीचमा प्रचण्डले बेईजिङ र एमालेलाई एकैसाथ धोका दिने अभिव्यक्ति दिएपछि पार्टी फुट्न सक्ने चेतावनी दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*