१ हजार १ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?

१३ माघ २०७९, शुक्रबार १०:५४

काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने बिहिबारको दाजोमा चाँदीको मूल्य स्थिर रहेको छ ।

अघिल्लो कारोबार दिन अर्थात् बिहिबारको दिन तोलामा ७ सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहिबारका दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

त्यसैगरी, शुक्रबार चाँदीको मूल्य बिहिबारको दाजोमा स्थिर रहेसँगै १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । बिीहबारका दिन नेपाली बजारमा चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*