९ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुदैछ आजको कारोबार ?
१५ माघ २०७९, आईतवार १०:५५

काठमाडौं । साताको कारोबार दिन अर्थात् आइतबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ ।
अघिल्लो कारोबार दिन अर्थात् शुक्रबारको दिन तोलामा १ हजार १ सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला ९ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
शुक्रबारका दिन नेपाली बजारमा छापावाल सुन प्रतितोला १ लाख ६ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आइतबार चाँदीको मूल्य १५ रुपैयाँले घटेर १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भैरहेको छ ।












