नीतिनियमको अभावले साना तथा मझौला व्यवसाय संकटमा

१५ माघ २०७९, आईतवार १४:५९

काठमाडौं । साना तथा मझौला व्यवसायीहरूले नीति नियमको अभावले गर्दा यो व्यवसाय अगाडि बढाउन समस्या भएको कुरा बताएका छन् । नेपाल साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला संघको समिती गठन तथा घोषणा कर्यक्रममा बोल्दै व्यवसायीहरूले त्यस्तो कुरा बताएका हुन् ।

सो अवसरमा प्रमुख अतिथि काभ्रेका प्रदेश सांसद् कन्चन चन्द्र बादे श्रेष्ठले निति नियम प्रस्ट नहुनु, संघीय, प्रदेश तथा स्थानीय तहमा राम्रो सँग संयोजन तथा तीनै तहका सरकारको भूमिका प्रष्ट नभएको कारणले यो क्षेत्रले दुख पाएको धारणा ब्यक्त गरे । अर्थतन्त्रमा यो क्षेत्रको धेरै महत्व हँुदा हुदै पनि, विभिन्न समस्याले गर्दा ओजेलमा परेको कुरा स्वीकार गरे । त्यसैले, उहाले, यसरि सानो सानो पुजी लगानी गरेर माथि उठ्न खोजेका यस्ता ब्यबसायीहरुलाई नेपाल सरकारले राम्रो सँग सहजीकरण गरेर अगाडी बढ्नु पर्ने आजका टड्कारो आवश्कता भएको सुझाब दिए ।

सांसद बादेले काभ्रे जिल्लामा साना तथा मझौला व्यवसाय को ठूलो सम्भावना रहेको साथै यस क्षेत्रले अर्थतन्त्र मजबुत बनाउन धेरै भूमिका खेल्ने हुँदा साना तथा मझौला व्यवसायी महासङ्घ काभ्रे जिल्ला शाखा अगाडी बढोस् भन्ने शुभकामन दिनु हुदै यस क्षेत्रको उन्नतिकोलागी समान्धित निकायमा संयोजन गर्न तत्पर रहेको विश्वास दिलाए । उनले केन्द्रिय र जिल्ला नितृत्वले प्रभावकारी रूपमा काम रोजगारी बृद्धि, व्यवसाय प्रवर्द्धन, प्रविधिको विकास, दर्ता लगायतका अन्य आबस्यक पर्ने सहयोग उपलब्द गराई स्थानीय सरकारबाट सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा साना तथा मझौला व्यवसायी महासङ्घका केन्द्रीय महासचिब डा गोपाल प्रसाद तिवारीले यस बारे कार्यपत्र प्रस्तूत गर्दै यस क्षेत्रले आर्थिक वृद्धिमा ठूलो टेवा पुर्याउने भएता पनि नेपालको यस क्षेत्रले अरू देशमा जस्तो अगाडी बढ्न नसकेको कुरा प्रष्ट पारे ।
त्यसैगरी सो कार्यक्रमको अध्यक्षता गर्दै साना तथा मझौला व्यवसायी महासङ्घका सह–अध्यक्ष  धर्मनन्द श्रेष्ठले यस क्षेत्रलाई दिगो रुपमा संचालन गर्न सरकारले सहयोग नगरेको आरोप लगाउनु उहाँले बैंक तथा वित्तीय संस्था बाट यस क्षेत्रलाई सहज रुपमा ऋण उपलब्ध गराउनु पर्ने कुरामा जोड दिदै साना तथा मझौला ब्यबसायीहरुले भोगेका समस्या हरुलाई समाधान गर्न सरकारसंग माग गरेका थिए ।

साना तथा मझौला व्यवसायी सँघ काभ्रे जिल्लामा अनिता वस्नेतको अध्यक्षतामा ९ सदस्यीय समिती गठन भएको छ । सो सुखत अबसरमा नेपाल साना तथा मझौला व्यवसायी महासङ्घका अध्यक्षले नयाँ समितीलाई शुभकामना संदेश पठाउदै बधाई दिए र आगामी दिनमा देशभरि नै को संघहरु गठन हुन लागेको जानकारी पनि दिएका छन् । उक्त कार्यक्रममा बिभिन्न व्यवसायमा लाग्नु भएका कूल ३५ जनाको सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*