बजेटको अर्धवार्षिक समीक्षाको तयारी, रितेशकुमार शाक्यको नेतृत्वमा बन्यो समिति

१५ माघ २०७९, आईतवार १७:०१

काठमाडौं । चालू आर्थिक वर्ष (२०७९/८०) को बजेटको अर्धवार्षिक समीक्षा गर्न अर्थमन्त्रालयमा काम सुरू भएको छ ।बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्यको नेतृत्वमा समीक्षाका लागि समिति बनाइएको हो ।

सो समितिमा नेपाल राष्ट्र बैंक, योजना आयोग, महालेखा नियन्त्रक कार्यालय, सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका प्रतिनिधि, अर्थमन्त्रालयका सबै सहसचिव र बजेट महाशाखाका उपसचिव रहेका छन् । माघभित्रै सार्वजनिक गर्ने गरी समीक्षा भइरहेको छ।

सरकारले चालू वर्ष १७ खर्ब ९३ अर्बको बजेट ल्याएको थियो । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले ल्याएको बजेट झण्डै पाँच महिनासम्म उनैले कार्यान्वयन गरेका थिए ।मध्यावधि समीक्षामार्फत बजेटको लक्ष्य संशोधन हुनेछ । यस्तै कार्यान्वयनको अवस्था र कार्यान्वयन गर्न नसक्नुको कारण पनि समीक्षामार्फत सार्वजनिक गर्ने चलन छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*