सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा

१६ माघ २०७९, सोमबार १५:०१

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जरको अन्तिम चरणमा पुगेको छ । लामो मर्जर कमिटिको बैठकपश्चात् मंगलबार नै मर्जरमा जाने अन्तिम तयारी गरेको स्रोतले जनाएको छ।

मर्जरमा जान कम्पनीका सञ्चालक समिति बैठक भोलि बोलाईएको छ। बोर्डबाट स्विकृत भएको खण्डमा भोलि नै हस्ताक्षर हुने तयारी गरिएको दुई कम्पनीको स्रोतले जनाएको छ । यी दुबैं कम्पनीको स्वाप रेसियो बारे टुंगो लाग्न बाँकी छ।

सहमतिअनुसार मर्जपछि बन्ने सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको अध्यक्ष लुम्बिनी जनरल इन्स्योरेन्सले लिने र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सगरमाथा इन्स्योरेन्सले लिने छ। मर्ज भएपछि बन्ने सगरमाथा लम्बिनी इन्स्योरेन्स अध्यक्ष मनोहरदाश मूल हुनेछन् भने सगरमाथाका चंकी क्षेत्रीले सिइओमा निरन्तरता पाउनेछन्।

मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय सगरमाथाको भवनमा हुनेछ। धेरै शाखा कार्यालय पनि सगरमाथाकै रहने सहमति भएको छ। सगरमाथा इन्स्यारेन्सको चुक्ता पुँजी १ अर्ब ३३ करोड ३६ लाख २९ हजार ५६ रुपैयाँ रहेको छ। यस्तै लुम्बिनीको चुक्ता पुँजी २९ करोड २७ लाख रुपैयाँबराबर छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*