यो वर्ष विश्वभर अर्थतन्त्र मन्दीमा रहने आइएमएफको प्रक्षेपण

१७ माघ २०७९, मंगलवार १३:२४

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)ले सन् २०२३ मा विश्वभर अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण गरेको छ । बहुराष्ट्रिय निकाय आइएमएफले यो वर्षभरी अर्थतन्त्र मन्दीमा रहने प्रक्षेपण सार्वजनिक गरेको हो ।

कोषले सार्वजनिक गरेको प्रक्षेपण तथ्याङ्क यसअघि विश्व बैंकले सार्वजनिक गरेको तथ्याङ्क भन्दा केही सन्तोषजनक देखिएको छ ।

आइएमएफका अनुसार सन् २०२३ मा ग्लोबल ग्रोथ २.९ प्रतिशत रहने अनुमान छ । यसअघि विश्व बैंकले १.७ प्रतिशत मात्र आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो । आईएमएफका अनुसार यस वर्ष मन्दीमा जाने अर्थतन्त्र आगामी वर्ष सन् २०२४ मा भने ३.१ प्रतिशत वृद्धिदर प्राप्त हुनेछ । सन् २०२२ मा ग्लोबल ग्रोथरेट ३.४ प्रतिशत थियो ।

आइएमएफले सार्वजनिक गरेको प्रक्षेपण तथ्याङ्कअनुसार सन् २०२३ मा विश्वको ठूला अर्थतन्त्र भएका मुलुकहरु बढी मन्दीमा जानेछन् । जसले समग्र विश्व अर्थतन्त्र मन्दीमा आउने भएको देखिएको छ । अमेरिकाको वृद्धिदर यस वर्ष १.४ प्रतिशत मात्र रहने छ । युरोपको औसतः शून्य दशमलव ७ प्रतिशत मात्र रहने छ । मध्यपूर्वी एसियाको अर्थतन्त्र ३.२ प्रतिशतले बढ्दा एसियाका विकाससिल मुलुकहरुको अर्थतन्त्र ५.३ प्रतिशत रहने भएको छ ।

नेपाल, भारतसहितका मुलुक यसै समूहमा छन् । ल्याटिन अमेरिका र क्यारेवियन मुलुकहरुको वृद्धिदर १.८ प्रतिशत र अफ्रिकाको ३.८ प्रतिशत मात्र रहने आईएमएफको प्रक्षेपण रहेको छ ।

विश्व अर्थतन्त्रको ग्रोथ सन् २००० देखि सन् २०१९ को बीचमा ३.८ प्रतिशतको औसतमा थियो । यस वर्ष सो औसतभन्दा पनि तल ओर्लिने अनुमान आईएमएफले गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*