भारतबाट बढेर आयो इन्धनको नयाँ मूल्यसूची, नेपालमा के होला ?
१८ माघ २०७९, बुधबार १५:४५

काठमाडौं । भारतीइ आयल कर्पोरेसन (आईओसी) ले इन्धनको मुल्य बढाएर नेपालमा नयाँ मूल्यसूची पठाएको छ ।
नेपाल आयल निगमले आईओसीले मंगलबार साँझ पठाएको नयाँ मूल्यसूचीअनुसार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएर पठाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।
नयाँ मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ८ रुपैयाँ, डिजेलमा ७.९८ रुपैयाँ र मट्टीतेलमा ४.८० रुपैयाँले बढेको छ । हवाई इन्धनमा पनि लिटरमै ७.५० रुपैयाँले बढेर आएको निगमले जनाएको छ ।
भारतबाट बढेर नयाँ मूल्य आए पनि निगमले मूल्य समायोजन गरेको छैन । इन्धनको मुल्य बढेर आएसँगै नेपालमा के होला भन्ने निर्णय आयल निगमले कुनै निर्णय गरेको छैन् ।












