सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स मर्जर अन्तिम चरणमा, कहिले होला एकीकृत कारोबार ?

१८ माघ २०७९, बुधबार १७:४६

काठमाडौं । लामो समयदेखि मर्जर प्रकृयामा रहेको सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनीले एकिकृत कारोबारको मिति जुराएको छ । दुई कम्पनीको मर्जर कमिटिका अनुसार फागुन पहिलो वा दोस्रो सातासम्म हुने गरि एकीकृत कारोबार गर्ने तयारी गरिरहेका छन् । दुई कम्पनीले मर्जपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स नामबाट एकिकृत कारोबार हुन्छ ।

एकिकृत कारोबार पश्चात् सरकारी कामहरु मात्रै बाँकि रहेको कारण चाँडौ सकिए फागुन १ गतेदेखि एकीकृत कारोबार गर्ने सिद्धार्थ इन्स्योरेन्सका सिईओ विरेन्द्र वैदरवारले बताए । कम्पनीले प्राधिकरण र धितोपत्र बोडबाट स्विकृती पाईसकेको छ ।

मर्जपछि बन्ने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सीईओमा सिद्धार्थ इन्स्योरेन्सका सीईओ वीरेन्द्र वैदवार क्षेत्री रहने छन् । अध्यक्ष र डिसिईओको विषयमा भने अझै अन्तिम नभईसकेको मर्जर कमिटि स्रोतले जनाएको छ । कम्पनीले यसै बिषयमा छलफल समेत गर्ने भएको छ।

दुई कम्पनीबीच बराबरी हैसियत अर्थात एक बराबर एकको स्वाप रेसियोमा मर्जरमा जाने सहमति भएको हो । सो अनुसार मर्जपछि बन्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब ८० करोड पुग्ने कम्पनीले जानकारी दिएको छ । जुन बीमा प्राधिकरणले तोकेको न्यूनतम पुँजीभन्दा बढी हो ।

प्राधिकरणले निर्जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको न्यूनतम चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*