लुम्बिनी जनरल इन्स्योरेन्सको साधारण सभा फागुन ११ गते, मर्जर र लाभांश प्रस्ताव मुख्य एजेण्डा

१९ माघ २०७९, बिहीबार ०९:५६

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले फागुण ११ गते बिहीबार, बिहान १० बजे, अमृतभोग क्याटरिङ्ग, कालिकास्थान काठमाडौंमा १८ औं वार्षिक साधारण सभा बोलाएको हो ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ६.९९ प्रतिशतले हुन आउने ९ करोड १७ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनको लागि ०.३६७९ प्रतिशतले हुन आउने ४८ लाख २९ हजार रुपैयाँ बराबरको नगद लाभांश पारित गर्नेछ ।

यस्तै लुम्बिनी जनरल इन्स्योरेन्स र सगरमाथा इन्स्योरेन्स कम्पनीबीच भएको मर्जर सम्बन्धी भएको अन्तिम सम्झौतालाई अनुमोदन गर्ने तयारी पनि गरेको छ । मर्जर पश्चात बन्ने कम्पनीको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी कायम गर्ने तथा नयाँ बन्ने कम्पनीको दर्ता नम्बर, प्रबन्धपत्र नियमावली मू.अ.क दर्ता प्रमाणपत्र, बीमकको इजाजतपत्र नम्बर समेत साविक सगरमाथा इन्स्योरेन्सको कायम रहेने प्रस्ताब पारित पारित गर्नेछ ।

दुई कम्पनी एक आपसमा गाभिए पश्चात डिडिए मूल्यांकन प्रतिवेदनको आधारमा कायम हुन आएको सगरमाथाको १०० कित्ता बराबर लुम्बिनी जनरलको ८० कित्ता कायम हुने गरी स्वाप रेशियोलाई स्वीकृत समेत गर्नेछ ।

सभाले आर्थिक वर्ष २०७८।७९ को बार्षिक प्रतिवेदन उपर छलफल गरेर पारित गर्ने र नयाँ लेखा परिक्षक नियुक्त गर्ने भएको छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कम्पनीले माघ २७ गते बुक क्लोज बन्द गर्ने जनाएको छ । त्यस अनुसार माघ २६ गतेसम्म कायम शेयरधनीहरुले मात्रै कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*