आठ करोड २० लाख मूल्यको ७७१ तोला सुन लिएर नेपाल क्यानेडेली विमानस्थलबाटै पक्राउ

१९ माघ २०७९, बिहीबार १०:०९

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आठ करोड २० लाख भन्दा बढि मूल्य पर्ने ७७१.६१ तोला सुन सहित एक जना क्यानेडियन नागरिक पक्राउ परेका छन् । गए राति नेपाल आउनेक्रममा दुबईबाट नेपाल आएका ति व्यक्तिलाई भन्सार कार्यालयले अबैध सुन फेला पारेपछि पक्राउ गर्न प्रहरी परिचालन गरेको थियो ।

फ्लाई दुबईको उडान नं एफजेड २५७३ नं को उडानबाट गएराति नेपाल आएका क्यानेडियन नागरिक मोहम्मद कमाल माहगौबलाई अध्यागमन पार गरी भन्सार चेकजाँचको क्रममा सुनलाई तरल अवस्थामा रुपान्तरण गरी लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो ।

आवश्यक कानुनी प्रक्रिया पूरा गरी गौशाला प्रहरी हिराशतमा राखिएको छ । उनले उक्त सुन आफ्नो हो वा अन्य कसैको भरिया बनेर नेपाल आएका हुन् भन्ने खुल्न सकेको छैन । प्रहरीले चेकजाँचको क्रममा सुन हो कि होइन भनेर परिक्षण गरी थप कारवाही अघि बढाउने भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*