क्रस होल्डिङ रहेका तीन बीमा कम्पनीमा स्वाप रेसियोमा विवाद, एक साताभित्र निष्कर्ष निकाल्न प्राधिकरणको निर्देशन

१९ माघ २०७९, बिहीबार १०:२६

काठमाडौं । क्रस होल्डिङ रहेका यी तीन कम्पनीलाई नेपाल बीमा प्राधिकरणले बोलाएको छलफलमा अन्तिम टुगाें लाग्न सकेन । क्रस होल्डिङ रहेका तीन कम्पनीले प्राधिकरणसँग एक हप्ताको समय दिएको छ ।

तीन कम्पनीबीचको मर्जरको सहमतीको कुरा नमिलेपछि पछिल्लो समय नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले छुटै मर्जर कमिटि बनाएर छलफल तिव्र पारेको थियो ।
लामो समयसम्म तीन कम्पनीबीच मर्जरको कुरा नमिल्दा पटक पटक पत्र काट्ने वा मौखिक रुपमा जवाफा माग्दै अन्त्यसमा बीमा प्राधिकरणले तीन कम्पनीलाई हिजो छलफलको लागि बोलाएको थियो ।

तीन कम्पनीको स्वाप रेसियो नमिलेपछि कुरा अगाडि नबढेको र स्वाप रेसियोमा कम्पनीहरु मिल्न नखोजेपछि अर्को हप्तासम्मको लागि समय दिएको बीमा प्राधिकरणका अध्यक्ष सूर्या सिलवालले बताए ।
एक सातापछि केही निष्कर्षमा पुग्ने सहित उपस्थित हुने तीन कम्पनीहरुले बताएका छन् । निश्चित समयभित्र कुनै निर्णय नलिएको खण्डमा प्राधिकरणले नै कुनै ठोस निर्णयमा पुग्छौ, प्राधिकरणले जनाएको छ ।

यी कम्पनीहरुमध्ये आइएमई र नेपाल इन्स्योरेन्समा चन्द्र ढकाल र आइएमई ग्रुपको लगानी छ। नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्समा विशाल ग्रुपको समेत लगानी रहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणले पहिलेदेखिनै तीन कम्पनीलाई क्रस होल्डिङ हटाउन निर्देशन दिएपनि मानेका छैनन्। नेपाल इन्स्योरेन्स,आइएमई र प्रुडेन्सियल इन्स्योरेन्सको केहि अघिदेखिनै मर्जरमा जाने कुरा रहेपनि स्वाप रेसियोमा विबाद सिर्जना पाइएको छ।

नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार तीन जीवन बीमा कम्पनी मर्जरका लागि हस्ताक्षेर गरेर स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर टुंगिने अवस्थामा पुगेको थियो। प्राधिकरणले पनि यी तीन कम्पनीलाई मर्जरमा जानका लागि दवाव दिन सक्ने छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*