नेपाल इन्स्योरेन्सको खुद नाफा ४७ प्रतिशतले बढ्यो, अन्य सूचकमा सकारात्मक सुधार

२६ माघ २०७९, बिहीबार १०:०५

काठमाडौं । नेपाल इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको विवरणअनुसार कम्पनीको खुद नाफा आर्जनमा उल्लेख्य सुधार देखिएको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म नेपाल इन्स्योरेन्सले १५ करोड ३२ लाख ७८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा ४७.६५ प्रतिशत बढी हो । गत वर्षको यसै अवधिसम्म इन्स्योरेन्सले १० करोड ३८ लाख १५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

पुष मसान्तसम्म आइपुग्दा कम्पनीको लगानी, कर्जा अन्यबाट आयमा सुधार देखिएसँगै कम्पनीको नाफा बढ्न पुगेको हो । यस्तो आय यस अवधिसम्म २०.९२ प्रतिशत बढेर २२ करोड ४३ लाख ९० हजार रुपैयाँ पुगेको छ । साथै कम्पनीले यस अवधिसम्म बीमा व्यवसायमा समेत उल्लेख्य प्रगति गरेको वित्तीय विवरणमा देखिएको छ ।

निर्जीवन बीमा कम्पनीहरुमध्ये सबैभन्दा पुरानो कम्पनीको रुपमा परिचित यस कम्पनीले यस अवधिसम्म ७९ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ०.९१ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिसम्म कम्पनीले ७८ करोड ६५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

साथै कम्पनीको बीमा कोषको आकार समेत बढेको छ । यस अवधिसम्म नेपाल इन्स्योरेन्सको बीमा कोषको आकार ३३.८७ प्रतिशतले बढेर कोषमा ८२ करोड ९८ लाख रुपैयाँ संचित रहेको छ । साथै जगेडा कोषको आकार समेत ४.४२ प्रतिशतले बढेको छ ।

यता कम्पनीको खुद दाबी भुक्तानी १७.४२ प्रतिशत, व्यवस्थापन खर्च ३.३२ प्रतिशतले बढेको छ भने जारी बीमा पोलिसी संख्या २.१६ प्रतिशतले घटेको छ ।

चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ११ प्रतिशतले बढेर १ अर्ब ३७ करोड रुपैयाँ पुगेको छ । साथै कम्पनीको प्रतिशेयर आम्दानी २२ रुपैयाँ २३ पैसा, प्रतिशेयर नेटवर्थ १९४ रुपैयाँ ८२ पैसा र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ३५६ रुपैयाँ ८३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*