आईएमई जनरल इन्स्योरेन्स कम्पनीको मुनाफा बृद्धि, कुल व्यवसाय बढ्दा इपिएस कति ?

२७ माघ २०७९, शुक्रबार ०७:२०

काठमाडौं । आईएमई जनरल इन्स्योरेन्स कम्पनीले आज छ महिनाको वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित विवरण अनुसार कम्पनीको मुनाफासहितका सूचांकमा सकारात्मक प्रगति देखिएको छ । मुनाफामा बृद्धि भएको देखिएको छ भने कूल बीमा शुल्क बृद्धि हुँदा समग्र व्यवसायमा बृद्धि भएको देखिएको छ ।

कम्पनीको मुनाफा सामान्य अंकले बृद्धि भई १३ करोड नौ लाख १६ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधीमा कम्पनीको मुनाफा १२ करोड १३ लाख रुपयाँ थियो । कम्पनीको आम्दानी बृद्धि तथा व्यवसाय विस्तारका कारण मुनाफामा बृद्धि भएको हो ।

कम्पनीले बीमा कोषमा ६१ करोड ११ लाख रुपैयाँ संचिती गरेको छ । त्यस्तै जगेडा कोषमा ३२ करोड रुपैयाँ संचिती रहेको छ ।

चालु आवको छ महिनाको प्रतिवेदन अनुसार खुद बीमा शुल्क आम्दानी ३७ करोडबाट बृद्धि भई ४० करोड पुगेको छ । त्यस्तै खुद दावी भुक्तानी सामान्य अंकले घटेको छ । गत आवमा १३ करोड दावी भुक्तानी गरेकोमा चालु आवमा १२ करोड रुपैयाँ मात्रै दावी भुक्तानी दिएको छ । कम्पनीले कूल बीमा शुल्क आम्दानी ९० करोड २६ लाख १४ हजार रुपैयाँ छ । गत आवको यसै अवधीमा ८२ करोड ६६ लाख १३ हजार रुपैयाँ मात्रै थियो ।

कम्पनीको बक्यौता दावी भुक्तानी एक अर्ब २८ करोड १८ लाख १९ हजार रुपैयाँ बाँकी छ । गत आवको तुलनामा सामान्य अंकले बृद्धि भएको हो ।

कम्पनीको प्रतिशेयर आम्दानीमा १५.३९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १५५.१९ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २१८.१४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*