राष्ट्रिय बीमा कम्पनीको मुनाफामा दोब्बर बृद्धि, प्रतिशेयर आम्दानी २८० हुँदा अन्य सूचांक कस्तो ?

२७ माघ २०७९, शुक्रबार ०७:३९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आवको छ महिनाको वित्तीय विवरण अनुसार मुनाफामा दोब्बरर बृद्धि भएको छ । गत आवमा १९ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको राष्ट्रिय बीमा कम्पनीले चालु आवको दोस्रो त्रैमासिक अवधीमा ३७ करोड ४१ लाख ९० हजार रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।

२६ करोड चुक्त पुँजि भएको कम्पनीको जगेडा कोषमा तीन अर्ब ५७ करोड २३ लाख ५४ हजार रुपैयाँ संचिती रहेको छ भने बीमा कोषमा दुई अर्ब ८५ करोड ४० लाख २२ हजार रुपैयाँ संचिती रहेको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १२ करोड ८८ लाखबाट बढेर २१ करोड २१ ५० हजार पुर्याउन सफल भएको छ । त्यस्तै, खुद दावी भुक्तानी तीन करोड ३९ लाख रुपैयाँ छ । कम्पनीको कूल बीमा शुल्क आम्दानी एक अर्ब २८ करोड सात लाख ४० हजार रुपैयाँ रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी २८०.६७ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १४३९.७७ रुपैयाँ, प्रतिशेयर कूल सम्पत्तिको मूल्य २५१०.१४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*