सानिमा जिआइसी इन्स्योरेन्सले आफ्नै जग्गामा प्रधान कार्यालय निर्माण गर्ने

२७ माघ २०७९, शुक्रबार १५:५३

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स लिमिटेडले प्रधान कार्यालय स्थानान्तरण गर्ने भएको छ । साविक सानिमा जनरल र जनरल इन्स्योरेन्सबीच मर्ज भई बनेको ‘सानिमा जिआइसी इन्स्योरेन्स’ कम्पनीको प्रधान कार्यालय टंगाल मार्ग, काठमाडौंमा रहँदै आएको छ ।

कम्पनीले आफ्नै जग्गामा प्रधान कार्यालय संचालन गर्नका लागि जग्गा खरिद गर्न खोजी सुरु गरेको छ । कम्पनीले आफ्नो केन्द्रीय कार्यालय भवन निर्माणको लागि जग्गा खरिद गर्न आवश्यक रहेको बताउँदै बिक्री गर्न इच्छुक जग्गाधनीहरुलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ ।

सो का लागि कम्पनीले केही शर्तहरु राखेको छ । काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिकाको नक्साल, टंगाल, कमलादी, बालुवाटार, ज्ञानेश्वर, पुतलीसडक, नयाँ बानेश्वर, त्रिपुरेश्वर तथा महाराजगंज र ललितपुर महानगरपालिकाको पुल्चोक तथा कुपण्डोल क्षेत्र भित्र मूल सडकबाट ३०।३० मिटर भित्र कम्तिमा २० फिटको सहायक मार्गसँग जोडिएको करिब २ रोपनी जग्गा हुनुपर्ने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*