नेपाल व्यवस्थापक संघद्धारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त सम्मानित

२९ माघ २०७९, आईतवार ०७:२५

काठमाडौं । नेपाल व्यवस्थापक संघ (म्यान) ले एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई हाई एचिभिङ म्यानेजर अवार्ड २०२२ बाट सम्मानित गरेको छ ।

म्यानले आज विशेष कार्यक्रमको आयोजना गरी सो सम्मान हस्तान्तरण गरेको हो । नेपालभरिका व्यवस्थापकहरुको साझा संस्था म्यानले नेतृत्व विकास तथा कुशल व्यवस्थापकलाई सम्मान गर्दै आएको छ । नेपाली बीमा क्षेत्रमा उक्त सम्मान प्रदान गरिएको हो ।

लामो समयदेखि बीमा क्षेत्रमा क्रियाशिल पन्तलाई म्यानका अध्यक्ष उपेन्द्र पौडेलले संस्थाको बार्षिक साधारणसभामा आयोजित कार्यक्रममा सो सम्मान हस्तान्तरण गरेका हुन् । सम्मान ग्रहण गर्दै सिईओ पन्तले व्यवस्थापनको क्षेत्रमा थप क्रियाशिल हुन उर्जा मिलेको प्रतिक्रिया दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*