मर्जरको प्रकृयामा रहेको लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन ४८ प्रतिशत बढ्यो, मुनाफामा सामान्य सुधार

२९ माघ २०७९, आईतवार ०६:५५

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ। मर्जरको प्रकृयामा रहेको कम्पनीको अधिकांश सूचकमा सुधार देखिएको छ।गत आर्थिक बर्षमा तुलनामा कम्पनीको मुनाफामा सामान्य सुधार मात्रै देखिएको छ भने बीमाशुल्क आर्जनमा पनि सन्तोषजनक सुधार देखिएको छ।

। गत वर्षको यहि अवधिमा १० करोड ३८ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस त्रैमासमा १० करोड ४९ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा १० करोड ३८ लाख रुपैयाँ आर्जन गरेको थियो ।

कम्पनीले समिक्षा अवधिमा खुद बीमा शुल्क आर्जन ४८ प्रतिशतले बढेर ५० करोड ९६ लाख रुपैयाँ पुगेृकोयस त्रैमाससम्म्मा कुल बीमा शुल्क आर्जन ९७ करोड २१ लाख रुपैयाँ छ ।
यस अवधिमा कम्पनीले २४ करोड ४० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ ।

लुम्बिनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ छ भने जगेडा कोषमा २५ करोड ३७ लाख रुपैयाँ रहेको छ।
कम्पनीको प्रतिशेयर आम्दानी १५ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*